Logo
८ बैशाख २०८१, शनिबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीकामा कार्यरत सहित देशभरका १५० डाक्टरमाथी सीआईबीको ‘बक्कुले नजर’ !

काठमाडौं  । राजधानी काठमाडौंका नाम चलेका अस्प्तालमा समेत नक्कली चिकित्सक रहेका तथ्य बाहिर आएको छ । राजधानीका हस्पिटलमा कार्यरत १५० मेडिकल चिकित्सक  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निगरानीमा रहेको समाचार प्राप्त भएको छ ।
प्राप्त गोप्य सुचनाका आधारमा काठमाडौंको नर्भिक, ललितपुरको बी एन्ड बीलगायत केही निजी र नामचलेका हस्पिटलमा कार्यरत १५० मेडिकल चिकित्सक नक्कली चिकित्सक भएको आशंकामा अनुसन्धान अगाडि बढाएको छ । केही क्लिनिकबाट पनि चिकित्सक पक्राउ परेका छन् ।
हाल सम्म आधा दर्जन महिला चिकित्सक सहित ३६ जना नक्कली चिकित्सकको आशंकामा पक्राउ परेका छन् । नक्कली चिकित्सक पक्राउ गर्न अप्रेसन शुरू गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) निकट स्रोतले जनाएको छ ।
उपत्यकाबाहिर वीरगन्ज, विराटनगर, दाङ, चितवनलगायतका जिल्लाबाट ठुला संख्यामा नक्कली चिकित्सक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा किस्ट मेडिकल कलेजका आईसीयू इन्चार्ज डा. दिनेश पौडेल, नेपाल परिवार नियोजन संघका परियोजनाका डा। गजेन्द्रप्रकाश भण्डारीलगायत रहेका छन् ।
अन्यलाई उपत्यकाको विभिन्न जिल्लाका निजी अस्पताल र क्लिनिकबाट पक्राउ गरिएको हो । पक्राउ सूचीमा रहेका केही चिकित्सक फरार रहेको बुझिएको छ । 
नक्कली डाक्टरलाई काठमाडौं जिल्ला अदालत लगियो नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका ३६ जना नक्कली डाक्टरलाई प्रहरी काठमाडौं जिल्ला अदालत लगेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले न्यायीक हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौं लगेको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले बताए।
काठमाडौंबाट समातिएका १५, पोखरा, चितवन, ललितपुर, विराटनगर लगायतका ठाउँबाट समातिएका डाक्टरहरु गरेर ३६ जनालाई अदालत उपस्थित गराएको हो । पक्राउ परेका डाक्टरहरूले एमबिबिएस अध्ययनको लागि नक्कली प्रमाणपत्र पेश गरेको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले बताए। ‘क्वाक अप्रेशन’ नाम दिएर थालिएको यो अभियानमा वीरगञ्जबाट ९ जना पक्राउ परेको उनले बताए । 
पाटनबाट २, सुनसरी १, विराटनगर ३, झापा १, जनकपुर २, चितवन ३, पोखरा १ र दाङबाट एक जना डाक्टर पक्राउ परेको उनले बताए ।  सिलवालका अनुसार पक्राउ परेका डाक्टरको नक्कली सर्टिफिकेट हो भन्ने आधार भएर पक्रिएको उनले बताए ।  यसअघि पनि ब्युरोले १९ जना नक्कली डाक्टरलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्