Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्भिक देखि ट्रमा सेन्टरसम्ममा नक्कली डाक्टरको भीड ( हेर्नुस सुची )


काठमाडौं ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई दिनमा ३६ जना डाक्टर पक्राउ गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अहिलेसम्मकै सबैभन्दा ठूलो अपरेसन गरेको छ।
‘क्वाक’ नाम दिइएको अपरेसनका क्रममा काठमाडौंको ट्रमा सेन्टरदेखि नर्भिक हस्पिटलसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ परेका छन् । ब्युरोले राजधानीलगायत देशका विभिन्न ठाउँबाट शुक्रबार र शनिबार ती डाक्टर पक्राउ गरेको छ। पक्राउ गर्नुको कारण नक्कली सर्टिफिकेट रहेको ब्युरोले जनाएको छ।
करिब चार महिनाको अनुसन्धानपछि सिआइबीले शुक्रबार देशका १० जिल्लाका अस्पतालहरुमा एकसाथ अपरेसन चलाएको हो । ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार काठमाडौंबाट सबैभन्दा बढी १३ जना डाक्टर पक्राउ परेका छन् ।
‘क्वाक अप्रेशन’ नाम दिएर थालिएको यो अभियानमा वीरगञ्जबाट ९ जना पक्राउ परेका छन् । सिलवालका अनुसार पाटनबाट २, सुनसरी १, विराटनगर ३, झापा १, जनकपुर २, चितवन ३, पोखरा १ र दाङबाट एक जना डाक्टर पक्राउ परेका छन् । 
काठमाडौंको अपरेशनमा ट्रमा सेन्टर र नर्भिकसहित कान्तिपुर डेन्टल कलेज, किस्ट मेडिकल कलेज, लोकहित क्लिनिकमा नक्कली डाक्टर भेटिएको सिआइबीले जानकारी दियो । ट्रमा सेन्टर भारतले बनाइदिएर नेपाल सरकारलाई हस्तान्तरण गरेको अस्पताल हो भने नर्भिक निजी लगानीको ठूलो अस्पताल हो ।

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्