दिपक र दिपाको अघोषित रुपमै चलचित्र कलाकार संघलाई दिए झड्का
गत वर्ष रिलिज फिल्म वडा नम्बर ६ उत्कृष्टको विधामा नपर्नु अनि अन्य विधामा पनि चित्त नबुझ्दो निर्णयले दिपक दिपामामात्र होईन अन्य कलाकर्मीले समेत अवार्डको खिल्ली उडाईरहेको समयमा वडा नम्बर ६ टिमले फिल्मलाई प्रतिस्पर्धाको दौडबाट नै बाहिर निकाल्न लागेको चर्चा थियो ।
यो विषयमा प्रश्न राख्दा अभिनेत्री तथा निर्माण टिम सदस्य दिपाश्री निरौलाले आफुहरु बाहिरिने निर्णयमा पुगेपनि कलाकार संघको तर्फबाट पहिलो पटक अवार्ड गर्न लागेको र यसलाई धेरै विवादमा नतानिदिन भन्दै अध्यक्ष रामकेशर बोगटी र जुरी संयोजक प्रकाश सुवेदीले आग्रह गरेपछि संघको गरिमाको पक्षमा रहँदै प्रतिस्पर्धाबाट हात नझिक्ने मनस्थितीमा पुगेको बताईन् ।
तर प्रतिस्पर्धाबाट हात नझिकेपनि दिपक दिपा संघको अवार्ड समारोहमा सकेसम्म उपस्थित नै नहुने र पुग्न परेको खण्डमा पनि स्टेज नचढ्ने पक्षमा उभिएको श्रोत बताउँछ । दिपकले यो प्रकारको अठोट लिएको चर्चा मिडिया र सिनेबृत्तमा चलिसकेको पनि छ । उनले स्टेज चढेर प्रस्तुति दिने कुरा पनि मनबाट निकालिसकेका छन् ।
त्यसो त वडा नम्बर छ को कुरा मात्र होईन फिल्म गरिसकेका कलाकार डेब्यू मनोनयनमा पर्नु, अवार्डमा बलिया हकदार कलाकर्मीहरु नोमिनेसन मै नपर्नु, संघका पदाधीकारी नै प्रतिस्पर्धामा बस्नु अनि जुरी र संघ पदाधीकारीका निकटतम मानिने कलाकार उत्कृष्टको मनोनयनमा पर्नु जस्ता अनेकन कारणले फान अवार्ड विवादको उत्कर्षमा छ । फिल्मीखबरबाट