Logo
१५ चैत्र २०८०, बिहीबार
(June 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा १४ नेपालीको मृत्यु


हमलाप्रति मोदीद्धारा दुःख व्यक्त 

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवारी एक गाडीमा आत्मघाती बम आक्रमण हुँदा कम्तिामा पनि १४ जनाको ज्यान गएको छ ।

अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा १४ नेपालीको मृत्यु भएको अन्तर्राष्टि«य सञ्चारमाध्यमले जनाएका छन् । सोमबार बिहानै एक मिनी बसलाई निशाना बनाएर गरिएको आत्मघाती बममा पनि १४ जनाको ज्यान गएको हो ।

अफगानी अधिकारीका अनुसार यस हमलामा परेर ३० भन्दा धेरै मानिस गम्भीर घाइते भएका छन् । घटनास्थलमा कयौं एम्बुलेन्स पुगेर घाइतेलाई धमाधम अस्पताल पुर्याइरहेका छन् । आत्ममघाती हमलामा संलग्न व्यक्ति पैदल यात्रा गरिरहेका थिए ।

ती आक्रमणकारीले मिनिबसलाई  बमले उडाएका हुन् । एक सरकारी अधिकारीका अनुसार रमजान सुरु भएपछि काबुलमा यो पहिलोआतंकी हमला भएको हो ।

 हमलाप्रति मोदीद्धारा दुःख व्यक्त

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । आज बिहान काबुलमा भएको आत्मघाती आक्रमणमा १४ जना नेपाली सुरक्षा गार्ड मारिएका थिए ।

घटनालगत्तै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाल र अफगानिस्तान सरकार तथा मृतक परिवारप्रति सम्वेदना पनि व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुःख  घडीमा सहयोग गर्ने बताएका छन् ।

नरेन्द्र मोदीको पहिलो ट्वीटमा दुःख व्यक्त गरेका मोदीले दोस्रो ट्वीटमा दुःखको यस घडिमा आवश्यक सहयोग गर्न कदम चालिएको बताएका हुन् । एजेन्सी

प्रकाशित मिति: Jun 20, 2016

प्रतिक्रिया दिनुहोस्