Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुर र महतो एकपटक पनि अनसन स्थल पुगेनन, १४ औं दिनसम्म जारी (भिडियो सहित)


काठमाडौं । काठमाडौं केन्द्रित संघीय गठबन्धनले थालेको आन्दोलनको तेस्रो चरणको कार्यक्रम अन्तरगत जारी रिले अनसनको आज १४ औं दिन पुगेको छ । 
मधेसका ठुला नेतालाई अनसनको बारेमा त्यती मतलब गरेको देखिदैन् । अनसन चलेको दुइ हप्ता हुदाँ सम्म मधेसमा ठुला नेता भनेर चिनिने महन्थ ठाकुर र राजेन्द्र महतो अहिले सम्म अनसन स्थल पुगेका छैनन् ।
संघीय गठबन्धनका संयोजक उपेन्द्र यादब अष्ट्रेलिया तिर भ्रमणमा छन् । अनसन सुरु भएदेखि नै गठबन्धनले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्लामञ्चमा रिले अनसनमा गर्दै आएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले सुरु गरेको रिले अनसनमा विभिन्न राजनीतिक दलका नेताहरु, मानवअधिकारवादी, बुद्धिजीबी लगायतको समर्थन समेत रहेको छ ।

प्रकाशित मिति: Jun 20, 2016

प्रतिक्रिया दिनुहोस्