Logo
११ श्रावण २०८१, शुक्रबार
(June 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमलोपाको उद्घाटन सत्रमा ठाकुरलाई पार्टी एकीकरण गर्न राजेन्द्र महतोको प्रस्ताव !


नवलपरासी । तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको उदघाटन सत्रको मञ्चमा पुगेर सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी एकीकरणका लागि आग्रह गरेका छन् । नवलपरासीको रामग्राममा आयोजित महाधिवेशनको उदघाटन सत्रमा अतिथिका रुपमा गएका महतोले मधेशमा पार्टी एकीकरणको आवश्यकता रहेको बताउँदै उक्त आग्रह गरे । 
शुभकामना व्यक्त गर्ने क्रममा महतोले भने,‘मधेशमा अहिले पार्टी एकीकरणको आवश्यकता छ । हाम्रो पार्टीले मधेशवादी पार्टीहरुबीच एकीकरण हुनु पर्ने निष्कर्ष निकालेको छ । त्यसैले म यही मञ्चबाट तमलोपालाई पार्टी एकीकरणमा सहभागी हुन आग्रह गर्दछु ।’ महतोले पार्टी एकीकरणका लागि प्रस्ताव गर्दा उदघाटन सत्रमा सहभागीहरु खुशी हुँदै तालि बजाएका थिए ।
यसैबीच, तराई–मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा नेपाल र भारतका नेताहरुको उपस्थिति रहेको थियो । पार्टीका अध्यक्ष महन्थ ठाकुरले महाधिवेशनको उदघाटन गरेका थिए ।
उदघाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणालगायत गैरमधेशी पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । त्यस्तै सदभावना पार्टीका अध्यक्ष महतो, संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउतसहित मधेशवादी पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
भारतका नेताहरु भगत सिंह कुसियारी र डा. हरिबंश प्रसाद सिंहसहितको सहभागिता रहेको महाधिवेशन आयोजक समिति सदस्य सुरेश मण्डलले बताए । उद्घाटन सत्रमा थारु–अवधी तथा विभिन्न क्षेत्रका झाँकी प्रदर्शन गर्नुका साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएको थियो ।
सोमबार दिउँसोबाट सुरु भएको उदघाटन सत्रमा अत्याधिक संख्यामा मधेशीहरुको सहभागिता रहेको थियो । सोमबार राती सहभागीहरुको दर्ता तथा कार्यविधि बनाइनेछ भने मंगलबार विहानबाट बन्द सत्र हुने जनाइएको छ ।

प्रकाशित मिति: Jun 20, 2016

प्रतिक्रिया दिनुहोस्