राष्ट्रबैंकले जित्यो अमेरिकी अदालतमा १० लाख डलरको मुद्दा
काठमाडौँ । नेपाल राष्ट्रबैंकले अमेरिकी अदालतमा चलिरहेको सम्पत्ति शुद्धीकरणसँग जोडिएको १० लाख अमेरिकी डलरको मुद्दा जितेको छ।
नौँ वर्षपछि सोमबार भएको अन्तिम फैसलाबाट राष्ट्रबैंकको ठूलो रकम जोगिएको राष्ट्रबैंक अधिकारीले जानकारी दिएका छन्।
सुडान घोटालासँग जोडिएको भनिएको तरला इन्टरनेसनलका सञ्चालक असिम क्षत्रीले हालेको मुद्दामा अमेरिकी माथिल्लो अदालतले राष्ट्रबैंकको पक्षमा फैसला सुनाएको हो । आजको नागरिक दैनिकमा खबर छ।