योग, ध्यान र अध्यात्मको भूमि नेपाल: प्रधानमन्त्री, यसरी मनाइँयो अन्तर्राष्ट्रिय योग दिवस
काठमाण्डौ । अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्याक्रम गरी मनाइँदैछ । गत वर्षदेखि प्रत्येक २१ जुनलाई योग दिवसका रुपमा मनाउने राष्ट्र संघीय निर्णयअनुसार योग दिवस मनाउन थालिएको हो ।
प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ८ बजे नारायणहिटी दरबार संग्राहलयमा आयोजित सामूहिक योग कार्यक्रममा सहभागीता जनाएका छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले योग, ध्यान र अध्यात्मको भूमिका रुपमा नेपाललाई चिनाउनु पर्ने बताए ।
मंगलबार पशुपति क्षेत्रमा पनि सामूहिक योग शिविरको आयोजना गरिएको छ ।