Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रधानमन्त्रीद्वय थापा र केसीलाई बर्खास्त गर्न माग


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानविरुद्ध अभिव्यक्ति दिने र आन्दोलनको घोषणा गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्न माग गरेको छ । व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकमा कांग्रेसका सांसदहरुले संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको सरकारका मन्त्रीहरुलाई संविधानविपरित अभिव्यक्ति दिने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने छुट नरहेको बताए ।
उपप्रधानमन्त्री तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रहादुर केसीको राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा साउन मसान्तसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालका मन्त्रीहरुले गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
कांग्रेसका सांसदहरु रामहरि खतिवडा, अर्जुनप्रसाद जोशी लगायतले संविधानको सपथ खाएका मन्त्रीलाई संविधानविपरित अभिव्यक्ति दिने तथा आन्दोलन गर्ने छुट नरहेको भन्दै त्यस्ता मन्त्रीले कि त नैतिकताको आधारमा पद त्याग गर्नुपर्ने नभए उनीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।
लगत्तै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कांग्रेसका सांसदहरुलाई जवाफ फर्काइन् । संविधानले फरक विचार राख्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले त्यहि अधिकारको प्रयोगस्वरुप आफ्नो पार्टी आन्दोलनमा गएको बताइन् ।

प्रकाशित मिति: Jun 21, 2016

प्रतिक्रिया दिनुहोस्