Logo
७ बैशाख २०८१, शुक्रबार
(June 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेस्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

दक्षिण कोरिया । नेपाल कोरिया न्युज डट कमद्वारा आयोजित तेस्रो ब्याडमिन्टन प्रतियोगिता सफल पूर्वक सम्पन्न भएको छ । दक्षिण कोरियामा रहेका ब्याडमिन्टन प्रेमी खेलाडीहरुको रुचिलाई ध्यानमा राखी नेपाल कोरिया न्युज डट कमले २०१४ देखि प्रत्येक बर्ष लगातार रुपमा यो प्रतियोगिता खेलाउंदै आईरहेको छ ।
दक्षिण कोरियाको राजधानी सउल स्थित जुङगु स्पोर्टस् सेन्टरको कबर्ड हल भित्र खेलाइएको प्रतियोगितामा यस पटक मेन्स सिंगल तर्फ कुल १४ जनाको सहभागिता रह्यो भने मेन्स डबल तर्फ पनि १४ वटा टीमहरुको सहभागिता रहेको थियो । पहिलो र दोस्रो प्रतियोगितामा नक आउटको आधारमा खेलाईएको भएता पनि यस पटकको प्रतियोगितालाई अझ आकर्षक बनाउन लिग अन्तरगत खेलाईएको थियो ।

नेपाल कोरिया न्युज डट कमका संचालक पुरु जोशीको नेतृत्वमा खेलाईएको सो प्रतियोगितामा मेन्स सिंगल तर्फ निक्कै प्रतिष्पर्धात्मक रुपमा पोखरा कास्कीका रुप गुरुङले प्रथम उपाधी चुम्न सफल भए भने पाँचथरका नरेन्द्र नेम्वाङले दोस्रो स्थानमा चित्त बुझाएका थिए । प्रथम उपाधी हात पार्दै पोखरा कास्कीका रुप गुरुङले नगद ३ लाखका साथ ट्रफी र प्रमाण पत्र हासिल गरे भने दोस्रो हुनु भएका नरेन्द्र नेम्वाङले नगद १ लाख वन् का साथ प्रमाण पत्र हासिल गरेका थिए ।

यसैगरि मेन्स डबल तर्फको निक्कै प्रतिष्पर्धात्मक खेल दर्शन नमस्ते टीम र ईन्छन् डी बीच भएको थियो । दर्शन नमस्ते टीमको तर्फबाट बिपिन गुरुङ र रुप गुरुले सहभागिता जनाएका थिए भने ईन्छन डी को तर्फबाट तेज बहादुर आले र नरेन्द्र नेम्वाङले सहभागीता जनाएका थिए ।

दुबै टीमले एक एक सेट जितेपछि तेस्रो निर्णायक सेटमा दर्शन नमस्ते टीमले प्रथम उपाधी हासिल गर्न सफल भयो भने ईन्छन् डीले दोस्रो उपाधी मै चित्त बुझाउनु परेको थियो । प्रथम उपाधी हासिल गर्दै दर्शन नमस्ते टीमले नगद ५ लाख वन् का साथ ट्रफी र प्रमाण पत्र हासिल गरे भने दोस्रो भएका ईन्छन् डी टीमले नगद २ लाख वन् का साथ प्रमाण पत्र हासिल गरेका थिए ।

सम्पूर्ण बिजेता टोलीहरुलाई नेपाल कोरिया न्युजका संचालक पुरु जोशीले ट्रफी नगद र प्रमाण पत्र हस्तान्तरण गर्दै यस पटक जीत हासिल गर्न नसकेका खेलाडीहरुले अर्को बर्षमा प्रयास गर्न अनुरोध गरेका थिए ।

प्रकाशित मिति: Jun 22, 2016

प्रतिक्रिया दिनुहोस्