Logo
१६ आश्विन २०७९, आईतबार
(June 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले भन्यो नेपाली मार्ने तालिवानका नेतालाई आतंककारी घोषणा गरियोस् !

काठमाडौं । हालै अफगानिस्तानमा नेपाली मारिएपछि  काबुल आक्रमणलाई लिएर भारतले तालिवानका नयाँ नेता मौलवी हवितुल्लाह अखुनजादालाई आतंकवादीको सूचीमा राख्न राष्ट्रसंघमा माग गरेको छ । 
उसलाई अहिलेसम्म आतंककारीको सूचीमा नराख्नु मूर्खता भएको भारतले बताएको छ । सोमबार काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा १२ नेपाली र २ भारतीय सुरक्षागार्डको मृत्यु भएको थियो ।
यो घटनालगतै राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि सैयद अकबरुद्दिनले अफगानिस्तान सहायता मिसनबारे सुरक्षा परिषदको बैठकमा अखुनजादालाई आतंककारीको सूचीमा राख्न माग गरेका हुन् । 
उनले भने, ‘एक प्रतिवन्धिन संगठनका नेतालाई अहिलेसम्म आतंककारीको सूचीमा नराख्नु मुर्खता हो ।’ अघिल्लो महिना अमेरिकी आक्रमणमा अख्तर मन्सुर मारिएपछि अखुनजादा तालिबानको नयाँ नेता बनेका हुन् । 
अमेरिकी विदेश मन्त्रालयका सहायक प्रवक्ता मार्क टोनरले हालै मात्र अखुनजादा कुनै आतंकवादी सूचीमा नरहेको बताएका थिए । 
भारतीय स्थायी प्रतिनिधि अकवरुद्दिनले अफगानिस्तानमा सुरक्षा अवस्था विगि्रएको भन्दै हिसा रोक्न राष्ट्रसंघले आवश्यक कदम चाल्नु पर्ने बताए । अन्यथा पछिल्लो १५ वर्षमा भएको उपलब्धि गुम्न सक्ने उनको चेतावनी छ ।

प्रकाशित मिति: Jun 22, 2016

प्रतिक्रिया दिनुहोस्