Logo
७ बैशाख २०८१, शुक्रबार
(June 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेशी भएकै कारण पूर्वराष्ट्रपतिको अपमान’, घरको बिजुली काट्ने तयारी !

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादव बस्दै आएको ललितपुरको बागडोलस्थित निवासमा जोडिएको बिजुली काटिने भएको छ । 
तर यस प्रकरणमा ‘उहाँ मधेशी भएकै कारण उहाँलाई सरकारले अपमान गरिएको’ भन्दै एक जना मधेशी नेताले प्रतिकृया दिएका छन । 
‘सरकारले हद गरिसक्यो पुर्व राष्ट्रपति जस्तो ब्यत्तिलाई यसरी अपमान गर्न पाइन्छ ?’ एनभीएमसगंको प्रतिकृयामा सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने ‘उहाँ मधेशी भएकै कारण यसरी अपमान गरिएको छ ।’ 
‘पुर्व उपराष्ट्रपतिको बारेमा त झण कुरै नगरौ’ उनले भने ‘ब्यक्ती खराब होला, कसैलाई मन नपर्ला तर तर पद भनेको आफैमा संस्था हो त्यसलाई सम्माण गर्नू पर्दछ’ । 
समाचार श्रोतका अनुसार सरकारले पुर्व राष्ट्रपति यादवलाई बस्ने घरको ब्यवस्था गरेपनि पुर्व उपराष्ट्रपती परमानन्द झालाई कुनै पनि सुविधा उपलब्ध गरिएको छैन । 
यता, विद्युत प्राधिकरणले पूर्वराष्ट्रपति यादव बस्दै आएको ललितपुरको बागडोलस्थित निवासको बत्ति काट्ने सूचना दिएको छ । विद्युत बक्यौता करिब २ लाख भएपछि प्राधिकरणले बुधबार त्यस्तो सूचना दिएको हो ।
यादव बस्दै आएका घरका वारेस अरुण श्रेष्ठले सरकारले तिरिदिने भनेको बिजुली बील नतिरिदिंदा समस्या भएको बताए । ‘पूर्व राष्ट्रपति यादव बस्नु भएयताको ८ महिनाको बिजुली बील १ लाख ९९ हजार रुपैयाँ पुगेको छ’ उनले भने ‘प्राधिकरणले महशुल तिर्न भोलिसम्मको समय दिदैं नभए बत्ति काट्ने चेतावनी दिएको छ ।’
हाइटेन्सन लाईन मुनीको घर भएका कारण यादव बसेको घरको आफ्नै मिटर भने छैन । उक्त घरका धनी रबि विष्टको भाइको घरबाट त्यहाँ बिजुली जडान गरिएको छ । 
बत्ति काट्ने तयारीकै साथ प्राधिकरणका कर्मचरी बुधबार आएपनि घरको जिम्मेवार मानिस नभेटिएपछि काम गर्नेलाई भोलिसम्म सूचना दिएर फर्केको श्रेष्ठले बताए ।
सरकारले व्यवस्था गरेको घरकमा पूर्व राष्ट्रपति यादव कात्तिकमा सरेका थिए । तर, सरकारले अझै घरभाडा सहित पानी, बिजुली केहीको महशुल सरकारले तिरेको छैन । 
घर भाडा नपाउँदा घरमालिक घर भाडा दिलाईदिन र घर खाली गराउन माग गर्दै अदालत समेत पुगेको छ । 

प्रकाशित मिति: Jun 22, 2016

प्रतिक्रिया दिनुहोस्