Logo
१२ बैशाख २०८१, बुधबार
(June 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमलोपाले पनि थाल्ने “क्षमायाचना” अभियान, जातीय भेदभाव विरुद्ध संकल्प प्रस्ताव पारित

नवलपरासी । समाजिक संजालमा मधेशको “क्षमायाचना अभियान” को सर्मथन तथा बिरुद्धमा निकै चर्चा भइरहेका बेला तमलोपाले पनि यस्तै अभियान थाल्ने भएको छ । 
मधेशमा रहेको जातीय भेदभाव विरुद्ध तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा) ले संकल्प प्रस्ताव पारित गरेको हो  । 
नवलपरासीको रामग्राममा जारी महाधिवेशनको बन्द सत्र अन्तरगत मंगलबार राती तमलोपाले मधेशमा रहेको जातीय तथा लैंगिकसहितका विभिन्न भेदभावका विरुद्ध संकल्प प्रस्ताव पारित गरेको हो ।
महाधिवेशन आयोजक मुल समितिका सदस्य सुरेश मण्डलले मधेशमा रहेका जातीयसहित विभिन्न भेदभाव अन्त्य गर्ने प्रतिवद्धतासहित संकल्प प्रस्ताव पारित भएको बताए ।
मण्डलका अनुसार मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुप्रति शोकप्रस्ताव समेत तमलोपाले पारित गरेको छ । 
मंगलबार राती नै पार्टीको विधान, राजनीतिक दस्ताबेज र नीति तथा कार्यक्रमहरु पारित भएको उनले बताए । हाल मधेशमा अधिकारकर्मीहरुले जातीय तथा अन्य भेदभावका विरुद्ध क्षमा याचना अभियान चलाएका छन् ।
उक्त अभियानलाई समर्थन हुने गरी तमलोपाले संकल्प प्रस्ताव पारित गरेको नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Jun 22, 2016

प्रतिक्रिया दिनुहोस्