Logo
६ बैशाख २०८१, बिहीबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव कल्याणकारी कार्य गर्दै “फादर डे”को अवसरमा रक्तदान कार्यक्रम


सोमनाथ हुँमागाई न्यूयोर्क । नेपाली जनसंपर्क समिति न्यूयोर्क च्याप्टर अमेरिका द्दारा सदा झैं यस पटक पनि मानव कल्याणकारी कार्य गर्दै “फादर डे”को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्वीईसमा अवस्थित स्थानीय ज्याक्सन हाईटको चोकमा  बस ल्याएर गरीएको उक्त  कार्यक्रममा विभिन्न संघ संस्थाहरूको प्रमुख एवं प्रतिनिधिहरू लगायल अन्य  व्यक्तिहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
“न्यू-योर्क ब्लड सेन्टर ” संग मिलेर गरेको सो रक्तदान कार्यक्रमको उत्घाटन  भने वाणिज्य दुत कृशु क्षेत्रीले रगद दान दिएर गरेका थिए। रगत दान गर्ने  अन्य विभिन्न संस्थाका मुख्य  व्यक्तिहरूमा नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, च्याप्टरका सभापति रोशन ढुंगना, सह वाणिज्य दुत प्रवीण भट्टराई, लंगआईल्याण्ड नेपाली समाजका अध्यक्ष दुर्गेश कार्की, जनजाति महासंघका बरिष्ठ उपाध्यक्ष मणि वांगदेल र एन.आर.एन.न्यूयोर्क च्याप्टरका महिला संयोजक पूनम राना मगर लगायल थिए।
“फादर डे”का  अवसरमा गरिएको यस रक्तदान कार्यक्रममा मेरिल्याण्ड राज्यको बाल्टीमोर बाट “द नेपाल टु डे”का संपादक शिव मल्ल र तनँहु समाजका अध्यक्ष कृष्ण जिवी पन्त समेत आएर रगत दान गरेको देखेर न्यूयोर्कवासी नेपाली अझ बडि उत्साहित भएका थिए । 
नेजस न्यूयोर्क च्याप्टरका सदस्य उमेश थापाको संयोजकत्वमा भएको यस कार्यक्रमलाई सफल बनाउँन च्याप्टरका सभापति रोशन ढुंगना, उपसभापति द्दय कमला पन्त र अमर तामांग महासचिव महेश मल्ल कोषाध्यक्ष मोना शर्मा सदस्यहरू ब्रिन्दा राई, विवेक पौडेल, ऋषि अधिकारी, गणेश बिष्टका साथै अन्य रविन बज्रचार्य र दिलेन्द्र रावल संयम सेवकको रूपमा अहोरात्र खटेका थिए।
रगत दान गर्ने ४८ जनालाई वाणिज्य दुत कृशु क्षेत्री, नेपाली जनसंपर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, महासचिव मुनिन्द्र नेम्बाङ, पुर्व संयोजक विष्णु सुवेदी, नेपाली काँग्रेसका अग्रजहरू श्याम काजी गुरूंग, वंशलाल तामांग, त्रैलोक्य प्रताप सेन, नविन शेरचन, ब्लड डोर्नर का अर्जुन मैनाली, प्रवासी नेपाली मंन्चका अध्यक्ष संजय थापा र च्याप्टर सभापति रोशन ढुंगनाले प्रमाण पत्र वितरण गरेका थिए।
रगत दान गर्ने महानुभावहरूको नामावली :
कृशु क्षेत्री, मुनिन्द्र नेम्बाङ, रोशन ढुंगना, शिव मल्ल, कृष्ण जिवि पन्त, दुर्गेश कार्की,होम गौतम, प्रविण भट्टराई, मणि कुमार वांगदेल, उमेश थापा, पुनम राणा मगर, ऋषि अधिकारी, टक रूलाली, बिरेन्द्र मानन्धर, मकर राई,  अन्जीत गुरूंग, सपिन शेर्पा, रीता सुवेदी, शर्मीला शाक्य, देवेन्द्र कुमार वर्तोला, टोनी स्कोलफिल्ड, आभा सिल्वाल, वाल कृष्ण धिमिरे, बन्दना राई, प्रधुन्न रायमाझी, भक्त श्रेष्ठ, सैतुन लामा, तुप्तेन गाप्सुन, सुवास कुमार केसी, गणेश रिमाल, गणेश बिष्ट, रबिन्द्र श्रेष्ठ , चित्रमान गुरूंग, दासी शेर्पा, सोफिया बर्तोला, दिप सी बराल, उर्गेन शेर्पा, पुनम श्रेष्ठ, सुरेन सापकोटा , जित ब. गुरूंग, विवेक पौडेल, कमल खड्का, नितेश, मोहन कृष्ण श्रेष्ठ, रूद्र राउत, दिनेश डागी, राम मल्ल ठकुरी, सुरेन्द्र वाँस्तेला ले रगत दान गरेका थिए।

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्