Logo
८ बैशाख २०८१, शनिबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कहाँबाट आउँछ सेयरमा दैनिक २ अर्ब ? उदाउँदै महिला

काठमाण्डौ । साढे ६ महिनाअघि १३ मंसिरमा १ हजार २२ अंकमा रहँदा नेप्सेको बजार पुँजीकरण १० खर्ब रुपैयाँ थियो । त्यसयता नेप्से परिसूचक झन्डै ६ सय अंक बढेको छ भने बजार पुँजीकरणको आकार ७ खर्बभन्दा धेरैले बढिसकेको छ । पछिल्ला केही सातायता सेयरबजारको दैनिक कारोबार नै २ अर्ब रुपैयाँ नाघेको छ । सेयरबजारमा यति ठूलो रकम कहाँबाट आइरहेको छ रु

उदाउँदै महिला

काठमाडौंको पुतलीसडक वरपर झुम्मिएका ब्रोकर कम्पनीमा महिलाको उपस्थिति निकै बाक्लो देखिन्छ । ‘उपस्थिति जति बढेको छ, लगानीको पोर्टफोलियो त्योभन्दा निकै बढी छ,’ एक ब्रोकरले सुनाए ।

धेरै कम्पनीको आइपिओ भर्दा पनि सेयर नपरेपछि दोस्रो बजारमा लगानी गर्न थालेको धादिङकी कमला शर्माले बताइन् । सुमेरु सेक्युरिटिजमा भेटिएकी उनले भनिन्, ‘चितवन बस्ने दिदी र मलेसियामा भएका दाइले पनि सेयर किनिदिन पैसा पठाएपछि अहिले ब्रोकर कम्पनी धाउन थालेकी छु ।’ सानो–सानो बचतलाई पनि महिलाले सेयरमा लगानी गर्न थालेका छन् ।

‘थोरैथोरै सेयर किन्दा पनि निकै नाफा भएपछि श्रीमान्ले सापट गरेर विदेशबाट पैसा पठाउनुभयो,’ नुवाकोटकी सरिता तामाङले भनिन्, ‘सबै पैसा सेयरमै हालेकी छु ।’ यसरी बचत मात्र होइन आफन्तको पैसा र रेमिट्यान्सलाई सेयरबजारमा लगानी गर्न महिलाको सक्रियता बढेको छ । महिलामार्फत गैरआवासीय नेपालीले ठूलो परिमाणमा लगानी बढाएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले पनि बताए ।

बैंकहरूको उदार लगानी

निक्षेपमा भएको भारी वृद्धि र लगानीको क्षेत्र संकुचित भएपछि बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी बढाएका छन् ।

‘कहिल्यै सेयरमा लगानी नगर्ने नबिल र एभरेष्टजस्ता बैंकले पनि अहिले लगानी गर्न थालेका छन्,’ एक ब्रोकरले भने, ‘अधिकांश वाणिज्य बैंक, विकास बैंक र सबै बिमा कम्पनीले सेयरमा लगानी बढाएका छन् ।’ नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाले सेयरको धितोमा ३२ अर्ब २१ करोड रुपैयाँ (कुल कर्जाको २ प्रतिशत)कर्जा प्रवाह गरेका छन् ।

 गत चैतमा यस्तो मार्जिन प्रकृतिको कर्जा ३४ अर्ब ७७ करोड रुपैयाँ थियो । पछिल्ला दिनमा यस्तो कर्जा पुनस् बढ्न थालेको बताइएको छ । यसबाहेक अन्य सम्पत्तिको धितोमा सेयर किन्न बैंकहरूले कर्जा प्रवाह गरिरहेका छन् ।

नयाँपत्रिकामा खबर छ ।  बैंकहरूको प्रत्यक्ष लगानी पनि सेयरबजारमा बढ्न थालेको सम्बद्धहरू बताउँछन् ।

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्