Logo
१३ बैशाख २०८१, बिहीबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमलोपा महाधिवेशनमा ठाकुरको तिस्पर्धी बनेका गोविन्द चौधरीले भने, ‘महन्थबाट मलाई धोका भयो’

काठमाडौं । नवलपरासी स्थित तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका गोविन्द चौधरीले नव निर्वाचित अध्यक्ष महन्थ ठाकुरले धोका दिएको बताएका छन । अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका सबै पदमा सर्वसम्मति हुने र कुनै पनि पदमा चुनाव नहुने आश्वासन दिएपछि आफू ब्याक भएपनि पार्टी अध्यक्षबाटै धोका भएको आरोप लगाए । 
न्यूज अभियान र न्यूज अप्रेशनको संचालक संस्था एनभीएम ग्रुपका प्रतिनिधिसग कुरा गर्दे चौधरीले आफूलाई ब्याक गराइएर पार्टीबाटै धोखा भएको आरोप लगाए ।  ‘बन्दसत्रकै मञ्चबाट नै पार्टीको पदाधिकारीदेखि लिएर अन्य सदस्यहरुको चयन गर्ने जिम्मेवारी अध्यक्ष ठाकुरलाई दिने घोषणा भएको थियो तर जब मञ्चको कार्यक्रम सकियो अनि चुनावको प्रकृया शुरु भयो,’ चौधरीको आरोप छ ।
उनले भने, ‘यदि चुनावै हुन्छ भनेको भए मैले पनि अध्यक्ष पदमा उम्मेदवारी दिन्थे तर मलाई महन्थ ठाकुरबाट नै धोका भयो ।’ तर मैले सोचे यदि सर्वसम्मतिबाट नै सबै पद बाँडफाँड हुन्छ भने ठाकुरलाई नै अध्यक्ष पदमा छाडि दियौं भनेर छाडेको हुँ, मेरो जिल्लामा आएको कारणले मैले सर्वसम्मत कार्यसमिति बन्नेमा तयार भए र उम्मेदवारी दिइँन ।’
उनले भने, ‘ठूला नेता महन्थ ठाकुर, ह्रदशय त्रिपाठी, बृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला सुरक्षित भएपछि अन्य पदमा सर्वसम्मत बनाउने प्रयास गर्न ठाकुरजीले चाहनु भएको छैन ।’ अध्यक्ष र उपाध्यक्षसम्म सर्वसम्मत भयो, जब महासचिवमा सर्वसम्मति बनाउने कुरा आयो, अनि त्यसमा चुनाव गराउने कुरा भयो । कसैलाई फिर्ता लिन लगाउन अध्यक्ष ठाकुरले नचाहेको आरोप गोविन्द चौधरीको छ । 
ठूला नेता कसैले पनि त्याग देखाएन भन्दै उनले कतिपयले आफूलाई केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन पनि भनेको तर अध्यक्षमा उम्मेद्वारी नदिनेले किन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेर त्यसमा पनि उम्मेदवारी नदिएको बताए । आफूलाई कुनै पदमा मनोनित गरेपनि कुनै पदमा नजाने भन्दै उनले पार्टीको साधारण सदस्य भएर बस्ने घोषणा पनि गरे ।

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्