Logo
२५ बैशाख २०८१, मंगलबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राँगोले उत्पात मच्चाएपछि काठमाण्डौको सहिदगेटमा भागाभाग ! लौ हेर्नुस फोटो फिचर

काठमाडौं । बिहीबार दिउासो राजधानीको सहिदगेट स्थित शैनिक मंञ्च अगाडी भद्रकाली मीन्दरको छेउमा एउटा अनियन्त्रीत राँगो तथानाम गतिबिधि पछि आसपासका बटुवाहरुलाई केहि समय तनाव बेहर्नु परेको छ ।
अचानक सहिद गेट अगाडी उक्त रागो आतंकित पाराले प्रस्तूत भएपछि आसपासका बटुवाहरु आतकिंत बनेका थिए । खुला राँगोले बटुवालाई हिर्काउँदै दौडन थालेपछि त्यस क्षेत्रको सवारी आवागमन पनि केही बेर अवरुद्ध भएको थियो ।
अनियन्त्रीत रुपमा मान्छे हिर्काउँदै हिँडेको राँगालाई नियन्त्रणमा लिन महानगरपालिकाका कर्मचारी पछयाउदै आउका थिए, भने सहिद गेट अगाडी आएर निकै हम्मेहम्मे बिच नियन्त्रणमा लिएका थिए ।
उक्त राँगाले हिर्काएर केही मानिस घाइते पनि भएको महानगरपालिकाका एक कर्मचारीले बताए । नगरपालिकाका कर्मचारीहरुले डोरीको प्रयोग गरी उक्त रागालाई नियन्त्रणमा लिन सफल भएका थिए । उक्त रागो कहाँबाट आए त्यो भने खुल्न सकेको छैन । # फोटो सौजन्यः रमेश लामिछाने 

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्