Logo
४ बैशाख २०८१, मंगलबार
(June 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमलोपाको महाधिवेशन सम्पन्न, पदाधिकारी पछि छान्ने

नवलपरासी । पदाधिकारी नछानी तराई मधेस लोकतान्त्रीक पार्टिको महाधिवेशन सम्पन्न भएको छ । 
२ उपाध्यक्ष, २ महामन्त्री र ३ सहमहामन्त्रीमा सहमती हुन नसके पछि तराई मधेश लोकतान्त्रिक पार्टीको पहिलो महाधिवेशन आज सकिएको हो ।
नवलपरासीको रामग्राममा सोमबार सुरु भएको महधिवेशनले अध्यक्षमा पुनस् महन्थ ठाकुरलाई चयन गरेको छ भने वरिष्ठ उपाध्यक्षमा हृदेयश त्रिपाठी, उपाध्यक्षमा बृषेशचन्द्र लाल, र कोषाध्यक्षमा अनिता यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।
पदाधिकारी चयनमा सहमति जुटाउने जिम्मा हिजोको बैठकले अध्यक्ष महन्थ ठाकुरलाई दिएपछि पूर्वमहामन्त्री गोबिन्द चौधरी नेतृत्वको असन्तुष्ट समुहले हलबाटै निर्णय हुनुपर्ने भन्दै आक्रोस ब्यक्त गरेका थिए ।
महामन्त्रीमा ५ र सहमहामन्त्रीमा १४ जना आकांक्षी देखिएका छन् । ५७ जना निर्वाचित र १८ जना मनोनित गरी ७५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको तमलोपाले जनाएको छ ।

प्रकाशित मिति: Jun 23, 2016

प्रतिक्रिया दिनुहोस्