Logo
१२ बैशाख २०८१, बुधबार
(June 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांंग्रेसका शभापति देउवालाई मज्जाले थर्काए रामचन्द्र पौडेलले! ‘यस्तो पो रहेछ भित्रि कुरो’

काठमाडौ, १० असार, न्यूज अप्रेशन । नेपाली कांंग्रेसकाका शभापति शेरबहादुर देउवाले संघीय गठबन्धनको रिले अनसनमा गएर ऐक्यबद्धता जनाएको मसी सुक्न नपाउदैँ खैला बैला मच्चिएको छ ।  

कांंग्रेसका भित्र अर्को खेमाको नेतृत्व गर्दै आएका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग संविधानको विरोधमा रहेको संघीय गठबन्धनको रिले अनसनमा गएर आन्दोलनप्रति जनाएको ऐक्यबद्धताको बिषयलाई लिएर आक्रोस पोखे लगत्तै खैलाबैला मच्चिएको हो । 
देउवाले खुल्लामञ्चमा जारी गठबन्धनको अनसन कार्यक्रममा गएर गठबन्धनको माग पुरा गर्न कांग्रेसले पहल गर्ने लिखित प्रतिबद्धता ब्यक्त गरेका थिए । सोही विषयलाई लिएर पौडेलले आफ्नो पार्टीको नेतृत्वको सरकारको पहलमा जारी भएको संविधान कार्यान्वयन तर्फ लाग्नु पर्ने ठाँउमा संविधान नस्विकार्नेको पक्षमा उभिदा नराम्रो सन्देश जाने भन्दै त्यस्ता कार्य अब आईन्दा नगर्न चेतावनी समेत दिएका छन् । देउवालाई मनपरि नगर्न पौडेलले सजग गराएको कांग्रेसमा चर्चा चलेको छ । 
हिजो भएको भेटवार्तामा पौडेलले नयाँ सरकार बन्ने अवस्थामा पार्टीको नेतृत्व हुने भए आफूले नेतृत्व गर्न पाउनु पर्ने प्रस्ताव समेत राखेका थिए । उनले देउवालाई भनेका थिए,‘ तपाई पार्टी चलाउनुस् म सरकार चलाउँछु, यसो गर्यो भने पार्टी एकीकृत रुपमा जान सक्छ ।’
पौडेलले पार्टीको केन्द्र देखी स्थानीय तहसम्म आफ्नो पक्षमा ४५ प्रतिसत भाग बण्डा खोजेका थिए । जसलाई देउवाले ठाडै अस्विकार गरिदिको बुझिएको छ । 
पौडेलले पार्टीको केन्द्रीय सदस्य मनोनित गर्दा आफू पक्षलाई ४५ प्रतिसत र उपसभापति र महामन्त्री मध्ये एक पदको दावी गरेका थिए । 
देउवाले हिजोको दिनमा समेत तत्कालिन सभापति सुशील कोइरालाले आफूलाई सहमहामन्त्री मात्रै दिएकोले अहिले पनि त्यो भन्दा बढी दिन नसक्ने स्पष्ट पारिदिएका थिए । पौडेलले संसदीय बोर्डमा समेत ४५ प्रतिसत हिस्सा खोजेका थिए ।
 अन्यथा पार्टी सञ्चालनमा सहयोग नगर्ने पौडेलको चेतावनी समेत दिएको समाचार स्रोतको दाबी छ ।  
देउवासगँ पौडेल रन्किए पछि देउवाले आफ्नो पक्षका प्रभावशाली नेताहरु बोलाएर यस विषयमा गम्भिरछलफल गरेका थिए ।

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्