Logo
१३ बैशाख २०८१, बिहीबार
(June 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्रिटेन ईयूमा रहनु पर्ने पक्षमा उभिएका प्रधानमन्त्री क्यामरनद्वारा राजीनामा !

काठमाडौं । ऐतिहासिक जनमत संग्रहमपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामाको घोषणा गरेका छन् । 
बि्रटेन ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए ।
क्यामरनले नै २०१५ को आम चुनावका क्रममा आफू प्रधानमन्त्री भए जनमत संग्रह गर्ने घोषणा गरेका थिए र उनी ब्रिटेन ईयूमा रहनु पर्ने पक्षमा उभिएका थिए ।
जनमत संग्रहको औपचारिक परिणाम घोषणापछि क्यामरनले परिणामलाई स्वीकार गर्ने बताए । उनले प्रधानमन्त्रीका रुपमा ६ वर्ष देशको सेवा गर्न पाएको गर्व रहेको बताए ।
तर, ब्रिटेन ईयूबाट बाहिरिने भएपछि ‘जहाजको क्याप्टेन’ भइरहनु उपयुक्त नहुने उनले बताए ।  ब्रिटेन युरोपीय युनियनमा रहँदा नै सुरक्षित र राम्रो हुनेमा आफू प्रष्ट रहेको भन्दै उनले भने, ‘तर, बि्रटेनका जनताले अर्को बाटोका लागि प्रष्ट निर्णय लिएका छन् । 

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्