Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रसियालाई पराजित गर्नका लागि सन् १९५८ को खेलको भिडियो हेरेर उत्प्रेरित भएको खुलासा

एजेन्सी ।  वेल्स सुपरस्टार ग्यारेथ बेलले जारी युरोमा रसियालाई पराजित गर्नका लागि सन् १९५८ को खेलको भिडियो हेरेर उत्प्रेरित भएको खुलासा गरेका छन् । फ्रान्स युरो अन्तर्गत समूहको अन्तिम खेलमा वेल्सले रसियालाई ३-० ले हराएको थियो । त्यस खेलअघि टोलीले वेल्सको अहिलेसम्मकै उत्कृष्ट टोलीबारे बनेको डकुमेन्ट्री हरेको थियो ।
जोन चार्ल्स, क्लिफ जोन्स, इभोर अल्चर्च लगायतका स्टार खेलाडीले भरिएको वेल्स टोलीले आजभन्दा ५८ बर्षअघि १९५८ को समरमा विश्वकपको अन्तिम आठसम्मको अविस्मरणीय यात्रा तय गरेको थियो । त्यतिबेला विश्वकपको क्वाटरफाइनलमा वेल्स ब्राजिलसँग १-० ले हारेको थियो, जसमा पेलेले गोल गरेका थिए । त्यसयता वेल्स पहिलो पटक ठूला प्रतियोगिताको अन्तिम चरण खेल्दैछ र पि्रक्वार्टरफाइनल चरणको यात्रा तय गरिसकेको छ ।
क्रिश कोलेम्यानको टोली वेल्सले कम्तिमा युरोकपमा पनि १९५८ को जस्तै उपलब्धि हासिल गर्ने अभियानमा छ ।
उसका लागि ग्यारेथ बेलले टोलीलाई प्रेरणा दिन सक्छन् । ‘हामीले त्यतिबेलाको खेल हेर्‍यौं । त्यो एकदमै रोकाञ्चक थियो, वेल्स सुपरस्टार ग्यारेथ बेलले भने, ‘तपाईंले देख्नुभयो कि त्यतिबेला के भएको थियो र त्यस्तै नदोहोरियोस भनेर सबैले चाहन्छन् ।’ 
‘जव तपाईंले त्यो हेर्नुहुन्छ, तपाईं सफल हुन चाहनुहुन्छ र मुलुकको फुटबल बिकासका लागि योगदान गर्न चाहनुहुन्छ’ वेलले अघि भने, ‘अहिले त्यो जिम्मेबारी हाम्रो काँधमा छ । हाम्रो लागि मात्र होइन र पुरस्कार थाप्नको लागि मात्र पनि होइन । आफ्नो मुलुकलाई राम्रो अवसर दिनका लागि हामीले हाम्रो जिम्मेबारी राम्रोसँग बहन गर्नुपर्नेछ ।’
वेल्सका वालवालिकालाई हामी पनि फुटबल खेल्न सक्छौं भन्ने विवास दिलाउनका लागि आफहरुले राम्रो खेल्नुपर्ने उनको भनाइ छ । ‘हामी वेल्सको खेलाडी हुनुमा निक्कै खुसी छौं र राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न पाएकोमा म लगायत सबै खेलाडीले गर्वको महशुस गरेका छन्’ वेलले भने, ‘हाम्रो लागि यो निक्कै ठूलो जिम्मेवारी हो र गर्वका साथ हामी भन्न सक्छौं त्यो जिम्मेबारी हामी पूरा गर्नेछौं ।’
पुरानो स्वर्ण पुस्ताको खेल हेरेपछि वेल्सले रसियालाई ३-० ले हराएको थियो । त्यो नतिजा यति महत्पूर्ण सावित भयो कि वेल्स समूह बी को शीर्ष स्थानमा रहृयो । जहाँ इंग्ल्याण्डले स्लोभाकियासँग समूहको अन्तिम खेलमा बराबरी खेलेको थियो । समूको शीर्ष स्थानमा रहनुले वेल्सलाई आगामी चरणमा तुलनात्मक रुपमा सहज देखिएको छ ।

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्