Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौन सम्बन्धि अनेकौ भ्रम : भर्ममै पर्दा यसरी आफत पनि हुन सक्छ !

यौन मानिसहरुकालागी रोचक तथा नितान्त आवश्यक तत्वको रुपमा रहेको छ। यसलाई पश्चिमी समाजले साधारण रुपमा लिईसकेतापनि हाम्रो संंस्कृतीले यस माथी अनेकौ बन्देजहरु लगाएको छ।
यस्ता बन्देजहरुले मानिसलाई उच्छिखंल बनाउन रोक लगाएता पनि यौन ज्ञानको अभावमा कतिपय समय यसले ठुलो समस्याहरु निम्त्याउने गरेको छ। समयको बदला संगै यसबारे एक अर्कासंग ज्ञान आदन प्रदान गर्ने बढेको छ। यसले मानिसमा भएको यौन सम्बन्धि अनेकौ भ्रमहरुबाट निस्केको हुन्छ ।
समय संगै परिवर्तन भईरहेने मानिसका लागी अहिले पुरा विश्व नजिकि सकेको छ। पहिले भेटघाट र पत्रको अदान प्रदानले एक अर्का संग नजिकिने मानिस अहिले ईन्टरनेटबाट एकै समयमा सारा विश्व एकै ठाँउमा हुन सक्ने अवस्था आइसक्यो।
यसले हरेक प्रकारका मानिसहरु बीच हरेक कुराहरुको आदान प्रदान हुन थालेको छ। यस मध्ये यद्यन एक प्रमुख तत्व भइसकेको छ। ईन्टरनेटमा मानिसहरुको ठुलो समुह यस सम्बन्धि लेख, रचना, चित्रहरु तथा फिल्महरु हेर्न सधै लालायित रहेको देखिन्छ।
यसले गर्दा ईन्टरनेटमा यौनको जति चर्चा तथा चासो अन्य बिषयको तुलनामा निक्कै बढी रहेको छ। त्यसो त यौन ज्ञानको अभावमा मानिसहरु आफुलाई कमजोर ठान्ने देखी लिएर अनेकौ भ्रममा परिरहेको हुन्छ। कतिपय मानिसहरु आफ्नो पुरुष यौन अंग ठुलो भएमा वा ठुला स्तन भएका महिला भएमा यौन बढी आनन्दमयी हुने विश्वास राख्ने गर्छन्।
तर यो भ्रममात्र हो, यसले मानिसको यौन सम्बन्धमा कुनै भुमिका खेलेको हुदैँन। मानिसले खुला ह्रदयले बिना डर त्रासबाट गरिने यौन कुराले अझ आनन्द आउँछ। तर अनैतिक सम्बन्धको बेला तथा मनमा भ्रम राखी यौन सम्बन्ध राख्ने गरेमा यसबाट आनन्दको सट्टा हिनताबोध हुन सक्छ।
स्वप्न दोष, हस्त मैथुन भनेका कुराहरु स्वभाविक हुन, मानिसको शारिरीक मागका कारण हुने यी कुराहरुलाई कतिपय मानिसहरुले रोगकोरुपमा व्याख्या गरेको पाईन्छ। कतिपय समय हिस्टीरिया डिप्रेशन जस्ता बिमारीमा यौनले औषधीको रुपमा काम गर्ने गरेको हुन्छ। कतिपय समय मानिसहरु यौन सम्बन्धले तृप्ती नपाउदा किच्किचे तथा हिनबोधताले ग्रस्त समेत हुने गरेको पाईन्छ।
कतिपय मानिसहरु यौन बर्धक औषधीको सेवन गरी यौन समस्याको हल खोजीरहेका हुन्छन तर यसले बास्तविक रुपमा कुनै मद्यत पुर्याईरहेको हुदेन भने कुनै कुनै मानिसलाई यसको माध्यमले आत्मबिश्वास चाही बढेकै हुन्छ। यसले गर्दा त्यस्ता मानिसहरुलाई यसबाट केही फाईदा पुग्ने गरेको हुन्छ।
समष्टीमा यौनको चरम सुस्ख पाउन मानिसमा दृढ इच्छाशक्ती आवश्यकता हुनुका साथ आफुमा पुर्ण आत्मबिश्वास हुन जरुरी छ। जब मानिसहरु युवा अवस्थामा प्रवेश गर्छन तब यसको ज्ञान हुन निक्कै जरुरी छ।
कुन समयमा यद्यन सम्बन्ध राख्न हुन्छ, कसरी सुरक्षित यौन सम्बन्ध राख्ने जस्ता साधारण कुराहरु बारे समयमानै ज्ञान नहुँदा मानिसहरुले अनेकौ समस्याहरु भोगीरहेको हुन्छ। यस कारण समाजमा यस बिषयमा चेतना फैलाउन निक्कै जरुरी रहेको छ।
आजको युगमा हामीले संकुचित विचार त्यागी यस बिषयलाई पनि अन्य बिषयहरुमा जस्तै खुला रुपले लिई ज्ञान तथा बिचार आदन प्रदान गर्ने गरेमा यसबाट आउने अधिकासं समस्याहरुबाट पार पाउन सक्छौं । एजेन्सी

प्रकाशित मिति: Jun 24, 2016

प्रतिक्रिया दिनुहोस्