म तिम्रो यौन दासी होइन …?
केवल म तिम्रो यौन दासी होइन
मन लागे खेल्ने, मन लागे फ्याक्ने
बजार मा बिक्ने खेलौना म होइन
मेरो नि छातीमा ढुकढुकी चल्छ
जीउँदै छु अझै,म लास होइन
मेरा नि आफ्नै रहर हरु छन
यो मेरो शरीर हो , सिनो त होइन
तिम्रो ओछ्यान मा दिनहुुँ फेरिने
फुट्पाथ मा बिक्ने म च्यादर होइन
म पनि चाहन्छु अंगालो मा बाधिन
माया ले जित ,बलात्कार सहन्न
अग्नि को फेरो ,त्यो सिन्दुरको घेरो
बन्दी बनाउने सर्जाम ती होइन
पत्नी पो बनेकी थिए म तिम्रो
तिमिले किनेको रखौटी म होइन
अर्धाङिनी तिम्रो , म जिबनसाथी
सुख दुख साटने प्रतिज्ञा तिम्रो
त्यो देह सुख, त्यो न्यानो माया
तिम्रै मात्रै त्यो पेवा त होइन
म चाहन्छु के , म के मा खुसी छु
एकपल्ट त्यो महसुस गरेर हेर
म धर्मपत्नी हु ,म जीवनसाथी
केवल म तिम्रो यौन दासी होइन
नसा नसामा तरंग छर्ने
त्यो बैसालु उन्माद,मायाको प्यास
मेरा नि उहीँ हुन , मेरा नि चाह
त्यो तिम्रै मात्रै पक्कै नि होइन
म धर्मपत्नी हु ,म जीवनसाथी
केवल म तिम्रो यौन दासी होइन