खाली हात यहाबाट फर्कन नपरोस् ! – राजेन्द्र महतो
राजेन्द्र महतो
अध्यक्ष
सद्भावना पार्टी
संघीय गठबन्धनद्धारा जारी राजधानी केन्द्रित वर्तमान आन्दोलन र केही महिना पूर्व संयुक्त लोकतान्त्रिक मोर्चाद्धारा गरिएको सीमा नाकाबन्दीलगायतको मधेश आन्दोलनबारे सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोज्युसँग हरि प्रतिज्ञले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ ।
संघीय गठबन्धनद्धारा जारी राजधानी केन्द्रित आन्दोलनको सफलतामा कति आशाबादी हुनुहुन्छ ?
–आशाका साथ नै कुनै आन्दोलन गरिन्छ । हामी आ-आफ्नै ठाउँमा आन्दोलन गरिरहेका थियो । मधेशी जनताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा आन्दोलन गरिरहेको थियो । करिब ६ महिनासम्म बन्द, चक्काजाम, विरोध प्रदर्शनलगायत सीमा नाकाबन्दी जस्ता आन्दोलनका कार्यक्रम हामिले ग¥यौ । तिनै आन्दोलनका कार्यक्रमहरुको स्वरुप परिवर्तन गरेर तत्काललाई ती गम्भीर कार्यक्रमको ठाउ“मा राजधानी केन्द्रित आन्दोलन गरिरहेका छौ । त्यस्तै मुलुकको विभिन्न स्थानमा दलित र आदिबासीले आन्दोलन गरिरहेका थिए ।
–आशाका साथ नै कुनै आन्दोलन गरिन्छ । हामी आ-आफ्नै ठाउँमा आन्दोलन गरिरहेका थियो । मधेशी जनताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा आन्दोलन गरिरहेको थियो । करिब ६ महिनासम्म बन्द, चक्काजाम, विरोध प्रदर्शनलगायत सीमा नाकाबन्दी जस्ता आन्दोलनका कार्यक्रम हामिले ग¥यौ । तिनै आन्दोलनका कार्यक्रमहरुको स्वरुप परिवर्तन गरेर तत्काललाई ती गम्भीर कार्यक्रमको ठाउ“मा राजधानी केन्द्रित आन्दोलन गरिरहेका छौ । त्यस्तै मुलुकको विभिन्न स्थानमा दलित र आदिबासीले आन्दोलन गरिरहेका थिए ।
सरकारले आह्वान गरेको वार्ता विभिन्न बहानामा अस्वीकार गर्नुको औचित्य कसरी प्रमाणित गर्नु हुन्छ ? वार्तामा नबसी आन्दोलन गरेर जनतालाई सास्ती दिनुको रहस्य के हो ?
–हामिले वार्ता नगर्ने होइन । हामी पटकपटक वार्तामा बसेकै छौ । छत्तीस पटक वार्ता भइसक्यो । तर ती वार्ताबाट केही परिणाम निस्केन । वार्ता त सार्थक र उपलब्धिमूलक हुनुप¥यो नि । वार्ताको लागि मात्रै वार्ता गरेर त केही फाइदा छैन । वार्ता गर्न बोलायो अनि चिया कफी खाएर फर्किने मात्रै गर्नु त ठीक भएन । अहिले पनि सरकार गम्भीर देखिएन ।
अहिले पनि सरकारस“ग जुन पत्राचार भइरहेको छ, प्रधानमन्त्रीले जुन पत्र लेखि पठाउनु भएको छ त्यसमा कुनै गम्भीरता देखिएन । दुई पाना लामो पत्र छ तर त्यसमा कुनै गम्भीरता छैन । त्यस पत्रमा गृहकार्य गरेर सार्थक र परिणाममुखी वार्ता होस भन्ने नियत सरकारको देखिएन । त्यसैले पहिला त नियत नै ठीक गर्नुप¥यो ।
मधेशी आदिबासी जनजाति, दलित, मुस्लिमको समस्या समाधान गर्ने मनस्थिति बनाएर दृढ इच्छाशक्ति राखेर आवश्यक गृहकार्य गरेर अनि वार्तामा बस्यो भने मात्रै वार्ता सार्थक हुन सक्छ । अन्यथा वार्ताको लागि मात्रै वार्ता गर्ने र जबजब सशक्त आन्दोलन हुन्छ त्यसलाई मत्थर पार्न वार्ताको कुरा गर्ने तर त्यसबाट कुनै निष्कर्ष निकिस्न नदिने यस्तो रबैयाबाट केही फाइदा हु“दैन । वार्ताका लागि मात्र वार्ताको कुनै ओचित्य छैन ।
मधेश प्रदेश बनाइए मधेशबाट पहाडमा केही आउन नदिने आशंका गरिन्छ यसबारे के भन्नुहुन्छ ?
–मधेश प्रदेश होस वा अन्य कुनै प्रदेश होस आखिर त्यो भुभाग यस देशकै हो नि । राष्ट्रिय एकता अखण्डता र सार्वभौमिकताभित्रै त प्रदेश बन्ने हो । प्रदेश भनेको कुनै छुटै देश त होइन । एउटा प्रदेशबाट अर्को प्रदेशमा जान नपाउने, कुनै सामग्री ल्याउन लैजान नदिने वा अन्य कुनै बाधा व्यवधान तथा प्रतिबन्ध लाग्ने जस्ता वाहियात कुरा हुन सक्दैन ।
संघीय भएका कुनै मुलुकबाट यस्तो भएको छैन । यहा“ पनि हुदैन । यो हामिलाई जनताको दृष्टिमा अप्रिय बनाउने हाम्रा विरोधीहरुको षडयन्त्रमूलक प्रचार मात्र हो । यसमा कुनै सत्यता छैन । यस्तो भयत्रास मनमा राखेर मुलुक चल्दैन । राष्ट्रभित्रै प्रदेश रहने हो ।
तपाईहरुको आन्दोलन करिब सात महिनादेखि जारी छ तर तपाईहरुले सोचे जस्तो केही परिणाम आएको छैन । मधेशी जनतालाई के भन्नु हुन्छ यस सम्बन्धमा ?
–अधिकार प्राप्तिको आन्दोलन लामो हुन्छ धेरै लामो हुन्छ, वर्षौ वर्ष पनि जनता लडेको अनेकौ उदाहरण छन् । अधिकार प्राप्ति स्वायत्तता र मुक्तिको लागि लामो लामो लडाई भएका छन् दुनियामा रंगभेदको विरुद्धमा गरेको आन्दोलनका कारण अफ्रिकामा नेलशन मन्डेलालाई उनान्तीस वर्ष जेलमा बस्नुप¥यो । त्यसैले यो शान्तिपूर्ण आन्दोलन लामो पनि हुदो रहेछ । नेपालमा पनि वर्षौदेखि हामिले आन्दोलन गरिरहेका छौ ।
हुनलाई त पच्चीस वर्ष पहिले गजेन्द्र बाबुले सदभावना पार्टी स्थापना गरेर शान्तिपूर्ण तरिकाले मधेशीहरुले अधिकार पाउनुपर्छ भनि संघर्ष आरम्भ गर्नुभयो तर विगतमा तीनवटा ठूला ठूला आन्दोलन भएका छन् मधेशमा अधिकार प्राप्ति पहिचान पहु“चका लागि अहिले तेस्रो आन्दोलन पनि अधिकार प्राप्तिका लागि भइरहेको छ । यसरी पटकपटक मधेशले आन्दोलन गरिरहेको छ ।
यो मुलुकमा मधेशी जनता धरती पुत्र हो, मधेशी जनता सम्पूर्ण नेपालीले बराबरको अधिकार पाउनुपर्ने मान्यता राखी आन्दोलनरत छ । मधेशी जनताप्रति मधेशी भएकै कारणले विभेद गरिएको छ । उसप्रति आर्थिक, राजनीतिक, सामाजिक, भाषायी सबै प्रकारले विभेद गरिएको छ । दलित, आदिबासी जनजातिप्रति पनि यसैगरी विभेद गरिएको छ ।
तपाईले मधेशको सन्दर्भमा सोध्नुभयो म के भन्छु भने मधेशी जनताले सबैले बराबरको अधिकार चाहेको हो । कुनै नस्ल समुदाय वा जातिको विरोध हामिले गरेको होइन । राज्यसत्तामा सबैले बराबरको अधिकार पाउनुपर्छ । त्यसैले अधिकार प्राप्तिको लडाई लामो हु“दै गइरहेको छ । म सबैलाई के विश्वास दिलाउन चाहन्छु भने जित अन्ततः जनताकै हुन्छ, मधेशी जनताले पनि आप्mनो अधिकार प्राप्त गरेरै छाड्छन् ।
सरकार र तपाईहरुको लडाईमा फेरि नाकाबन्दी हुने आशंका जनतामा छ, बढी सशंकित तपाईबाटै छन् के भन्नुहुन्छ ?
–नाकाबन्दीको कुनै कार्ययोजना, सोच वा कार्यक्रम छैन । नाकाबन्दीबाट जनतालाई धेरै पीडा हुने रहेछ । देशको अर्थव्यवस्था समेत तहस नहस हुने अवस्था आउछ । त्यसैले नाकाबन्दी कुनै हालतमा गर्न नपरोस भनेरै हामि राजधानी केन्द्रित आन्दोलन गर्न आएका हौ ।
यो आन्दोलनले सफलता पाओस, सबैले सरकारमाथि दबाब देऊन र सरकार तथा प्रमुख पार्टीले पनि हाम्रा उचित माग पूरा गरुन । नत्र, हामी यहा“ आन्दोलन गर्न आउने तर कतैबाट केही सहयोग नपाउने भनेपछि हामिलाई फेरि पुरानै ठाउ“मा धकेलिदियो, फर्काइदियो भने त्यो अवस्थामा बाध्यात्मक अवस्था आउन सक्छ तर त्यो अवस्था आओस भनेर हामिले चाहेका छैनौ ।
मधेश आन्दोलन भारतको इशारामा हुने गरेको आरोपलाई कसरी लिनुहुन्छ ?
–यो वाहियात कुरा हो । यो अपमान जनक कुरा हो । मधेशी जनतालाई अपमानित गर्न यस्ता आरोप लगाउने गरिन्छ । मधेश आन्दोलन विशुद्ध रुपमा नेपाली मधेशी जनताको आन्दोलन हो । मधेशी जनताले आप्mनो अधिकार प्राप्तिका लागि गर्ने गरेको आन्दोलनलाई भारतस“ग जोड्नुको अर्थ आप्mनो दायित्वबाट भाग्नु हो ।
यस्तो दायित्वबाट सरकार वा आरोप लगाउनेहरु भाग्न पाउदैनन् । भारतलाई नेपालमा आन्दोलन गर्नु गराउनुको कुनै आवश्यकता छैन । त्यसैले यस्ता कुण्ठाले भरिएका अभिव्यक्ति र सोचलाई त्याग्नुपर्छ ।
मधेश आन्दोलन र सीमा नाकाबन्दीका कारण पा“च महिनासम्म सिंगो देश अस्तब्यस्त भयो, करिब पचास जनाले ज्यान गुमाए नतिजा शुन्य निराश र आक्रोशित मधेशलाई के जवाफ दिनुहुन्छ ?
–आन्दोलन सकिएकै छैन भने पछि के प्राप्त भयो के प्राप्त भएन भन्ने हिसाब लगाउन बेला आएकै छैन । मैले अघि नै भनिसके अधिकार प्राप्तिको आन्दोलन लामो हुन्छ । आन्दोलन जारी छ, यसको स्वरुप परिवर्तन भएको छ । अधिकार प्राप्त नभएसम्म आन्दोलनको स्वरुप र स्थान परिवर्तन भइरहन्छ । अर्को कुरा मधेश आन्दोलनले ठूलो उपलब्धि हासिल गरेको छ ।
सारा दुनियामा मधेशी जनताको पहिचान कायम भएको छ । मधेशी जनता नेपाली हुन र संविधानमा उसको अधिकार खोसिएको छ यो कुरा सारा दुनियालाई जानकारी भयो । यसबारे भारतलाई पनि स्पष्ट भयो किनभने पहिले भारत पनि अन्य राष्ट्र जस्तै मधेशी जनता बारे सोच्दथ्यो ।