Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैर आवासीय नेपाली संघ मकाउ द्वारा रक्तदान कार्यक्रम सम्पन्न

कर्ण बहादुर अधिकारी मकाउ,चीन । “रक्तदान नै जीवन दान” हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै गैर आवासीय नेपाली संघ मकाउले मिति २०१६/५/१८,१९ र २५ गतेका दिन मकाउ ब्लड ट्रासमिशन सेन्टरमा राखेको रक्तदान कार्यक्रममा मकाउमा रहेका बिभिन्न क्यासिनो साथै अन्य कम्पनीहरूमा कार्यरत रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बृहत उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

उक्त रक्तदान कार्यक्रममा मकाउमा रहेका सम्पूर्ण नेपाली संघ,संस्थाहरूसंग गरेको समन्वयमा १०३ जना नेपालीहरूले रक्तदान गरेको छ।रक्तदानको प्रथम दिन गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवालले रक्तदान गरेर रक्तदान कार्यक्रम सुरू गरीएको थियो।उक्त रक्तदान कार्यक्रममा गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल,उपाध्यक्ष राजेश प्रसाई,कार्य समितिका सदस्यहरू लगाएत मकाउमा कार्यरत रहेका नेपालीहरूले दिलै खोलेर रक्तदान गरेका थिए।
कार्यक्रममा बिदेशी नागरीकहरूको पनि उपस्थिति रहेको थियो।रक्तदान जस्तो माहा दान गरेर रगत नपाएर मृत्यूसंग लडी रहेका मानवको जीवन रक्षा गर्न पाउनु नै मानव जीवनको सबै भन्दा पूण्डय कार्य हुने हुँदा उक्त कार्यक्रममा उपस्थित भई रक्तदान जस्तो माहा दान गरी दिनु भएकोमा मकाउमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा गैर आवासीय नेपाली संघ मकाउ हार्दिक आभार प्रकट गर्दछ।रक्तदान कार्यक्रम बिहानको ११ बजे देखि बेलुकी ६ बजे सम्म भएको थियो।
मकाउमा नेपालीहरूले समुहमा गरेको रक्तदान दोस्रो पटक भए पनि गैर आवासीय नेपाली संघ मकाउको चाँहि पहिलो रक्तदान कार्यक्रम हो।यस अगाडी मकाउमा कार्यरत रहेका कर्ण बहादुर अधिकारी र बिनोद गौतमको संयोजकत्वमा मकाउ ब्लड ट्रासमिसन सेन्टरमा इन्टर नेसनल नेप्लीज ब्लड डोनर्सका पूर्ब अध्यक्ष अर्जुन प्रसाद मैनालीको साथमा २० जना नेपालीहरूले एकै साथ रक्तदान गरेका थिए।आउँदा दिनहरूमा पनि यसै गरी रक्तदान गर्ने सोचका साथ अगाडी बढी रहेको अबस्थामा गैर आवासीय नेपाली संघ मकाउले मकाउमा रहेका नेपाली संघ संस्थाहरूलाई साथ लिएर गरेको रक्तदानले बिदेशी भूमि मकाउमा कार्यरत रहेका नेपालीहरूको पहिचानलाई अझै मजबुद बनाएको छ।
तसर्थ यस रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल लगाएत कार्य समितिका पदाधिकारीहरूले आ-आफ्नो तर्फबाट नेपालीहरूसंग समन्वय गरी अगाडी बढेको हुनाले रक्तदान कार्यक्रम बृहत रूपमा सफल र सम्पन्न भएको हो।कार्यक्रमका बारेमा आफ्नो मन्तव्य राख्दै गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवालले आउँदा दिनहरूमा पनि यसरी नै रक्तदान कार्यक्रम आयोजना गरी अगाडी बढ्ने र यस्ता सामाजिक कार्यक्रमहरूमा मकाउमा रहेका नेपालीहरूलाई हातमा हात मिलाएर अगाडी बढ्नका लागि हार्दिक अपिल गर्नु भएको छ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्