Logo
८ बैशाख २०८१, शनिबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उही हाे मेरी जेठी श्रीमती…!

545185153

डर, त्रास र अन्धकार नभनी, अाफ्नाे स्वाभिमान, इज्जत नबेची
रातदिन अडिग भएर, बाँचिरहेकी छे, मेरी जेठी श्रीमती ।

कहिल्यै मप्रति गुनासाे गर्दिन, मन दुखाएर दुखेसाे पाेख्दिन
अाफ्नै पाैरखले जीवन गुजार्दै, भाेक, प्यास मेटाएकी हुन्छे ।

न अातिन्छे न कहिल्यै मातिन्छे, हजारा‌ैं दुःख अाई परेपनि
लाखाैं चाेट परे पनि, देख्दिन उसकाे अाँशु नयनमा ।

टन्टलापुर घाम, असिना पानीकाे वर्षा,
धुलाम्मे हुने गरि अाउने हुरी, सन्नाटामय अन्धकार
तर पनि कुनै छैन प्रवाह ।

समाजमा व्याप्त कुरीति, कुसंस्कृति, छुदैन उसलाई अन्धविश्वासले ।
महँगी, भ्रष्ट्रचार, कालाेबजारी, भाेकमरी या हाहाकार जे सुकै अाअाेस् ।
चाडपर्व, विवहा, वर्थ डे, या कुनै डे मा पनि, मनाेरन्जन गर्नु छैन उसलाई ।

हजाराैंका साडी, लाखाैंका गहना, सयाैंथरीका श्रृङ्गार, केही छैन उसलाई
तैपनि, तैपनि, हजाराैं जिजिविषा बाेकेर, कैयाैं सपना बुनेर
सदाबहार मुस्कान छरेर,ऊ बाँचिरहेकी छे, हाँसी रहेकी छे
मेरी जेठी श्रीमती

ऊ सदा मेराे डेरा पछाडि हुन्छे,प्रभातकाे किरणमा टल्किरहेकी हुन्छे
म झ्यालबाट चिहाईरहेकाे हुन्छु,ऊ मलाई टुलुटुलु हेर्छे
म मुस्कुराउँछु तर जवाफ पाउँदिन,अाफ्नाे स्वाभिमान बेच्दिन ऊ ।
कहिलेकाहीं उसैकाे नगिचमा,थुक फाल्छु, फाेहाेर फाल्छु
तर पनि ऊ सहन्छे ।

सहनशिलता, ईमान्दारिता, उनकाे परिचय हाे ।
उनी निर्जिव हाेईनन् सजिव हुन्, तर बाेल्न सक्दिनन्
हिड्न सक्दिनन्, इसारा चल्दैन, तर म बुझ्छु उनकाे इसारा
बुझ्छु उनकाे भावना

कसैले उनलाई अाँक भन्छन्, कसैले उनलाई अाँख भन्छन्
तर उनलाई मायाले मैले अाँखे भन्छु, उही हाे मेरी जेठी श्रीमती

अर्जुन अविरल, कावासाेती

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्