साहित्यकार रोशन परियारको “सियोको दुर्बिन” बिमोचित
काठमाडौं । पूर्बी नेपालको धनकुटा जिल्लाको पर्यटकीय सुन्दर नगरी पाख्रिबास -४ मा जन्मेर बाल्यकाल देखि नै फुटकार रुपमा नेपाली साहित्यको श्रीबृद्दिको निम्ति कलम चलाई रहनु हुने एक प्रखर युवा साहित्यकार रोशन परियारको “सियोको दुर्बिन” कृति बिमोचन भएको छ। साहित्य बिज्ञान प्रतिस्ठानको दोश्रो बार्षिक महोत्सवको एक भब्य कार्यक्रममा गत असार ११ गतेका दिन काठमाडौंमा प्रमुख अतिथी उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री शक्ति बहादुर बस्नेतको विशेष आतिथ्यमा उक्त कृति बिमोचन भएको हो ।
दलित हक,हित,अधिकार र उत्थानका लागि सकृय र निरन्तर लागि पर्नु भएका परियारका कबिता तथा गजलहरुमा समेत परिबर्तनका शब्दहरु स्पष्ट रुपमा पाउन सकिन्छ । परियारको फुटकार रुपमा विभिन्न राष्ट्रिय साहित्यिक पत्रिका,अनलाइन पत्रिकाहरुमा कविता,गजल प्रकाशित भइसके पनि कृतिको रुपमा यो पहिलो रहेको छ । परियार साहित्य विज्ञान प्रतिष्ठान नेपाल, काठमाण्डौले अायाेजना गरेकाे राष्ट्रिय कविता प्रतियाेगिता २०७१ मा सर्बाेत्कृष्ट पाँचमा प्रथम राष्ट्रिय काव्यतारामा एक बन्न सफल (नगद तथा प्रमाण पत्र) बनेका थिए भने याकु साँस्कृतिक परिषद, भोजपुरबाट प्रशंसा पत्र (२०७२),
B. fm बिराटनगरले अायोजना गरेको खुल्ला गजल प्रतियोगिता २०७२ मा तृतिय हुन सफल (नगद तथा प्रमाण पत्र ),नेपाली कला साहित्य डट कम प्रतिष्ठान ललितपुर र श्री गंगाचार्या सामुदायिक विश्वभाषा पुस्तकालय धनकुटाबाट प्रशंसा पत्र (२०७२),दलित एकता समाज धनकुटाबाट सम्मानित (२०७३), विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको बिश्वब्यापी अनलाइन कविता प्रतियाेगितामा उत्कृष्टमा छैठौं बन्न सफल (जुन कविता नेपाली, चिनियाँ र हिन्दी भाषामा कविता संग्रह प्रकाशित हुंदैछ) ।
पाख्रिबास कला साहित्य समाजका संयाेजक,बिभिन्न साहित्यिक संघ संस्थाहरूमा आबद्द हुनुहुन्छ भने बाल प्रतिभाहरूको सम्मानका लागि रू एक लाख राशीको रोशन परियार बालतारा अक्षयकाेष २०७३ को स्थापना समेत गर्नु भएको छ । नेपाली साहित्य आकासका एक नक्षत्रको रुपमा रहेका साहित्यकार परियारको नयां कृतिमा बिम्व,शैली र प्रतीकहरुको बिछट्टै सम्मिश्रण रहेको छ र सबैको निम्ति पाठनिय संग्रह बनेको छ ।