Logo
१५ चैत्र २०८०, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठुला नेताको खेल: सत्ताकै लागी यसरी हुदैछ, मेल

काठमाण्डौ । आगामि आर्थिक वर्षकोलागि बजेट पारित गरेपछि नयाँ सरकार बन्ने चर्चा परिचर्चा सुरु भएको छ ।
प्रमुख दलका प्रभावशाली नेताहरुले आफ्नो नेतृत्वमा सहमतिको सरकार गठन हुने विश्वासका साथ भेटघाट तिब्र बनाएका छन् ।
सहमतिको सरकारको नेतृत्व गर्ने दौडमा बर्तमान प्रधानमन्त्री केपी ओली देखि विजयकुमार गच्छदार सम्मको दौड चलेको छ । त्यसो त यो दौडमाओली र गच्छदारसगैँ  नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका नेता माधवकुमार नेपाल,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  नयाँ शक्तीका अध्यक्ष बाबुराम भट्टराई समेत दौडिएका छन् ।
यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सहमतिको सरकार गठन गर्न आफ्ना सहयोगी खटाएका छन । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल र सचिव प्रदिप ज्ञावलीलाई अन्य दलसँग यो विषयमा छलफल गर्न खटाएका हुन् । माओवादी केन्द्रले बजेट पारित भएपछि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताईरहेको बेला प्रधानमन्त्री भने गठबन्धनमै रहेका साना दललाई साथमा लिएर आफ्नो नेतृत्वमा सहमतिको सरकारको पहलमा छन् ।
प्रधानमन्त्री ओली विरुद्ध मोर्चा बन्दी गरिरहेका एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पछि सहमतिको सरकारको नेतृत्व गर्ने दौडमा देखिएका छन् । उनले यस क्रममा नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग समेत वार्ता गरेको बुझिएको छ ।
 आफ्नो नेतृत्वमा सहमतिको सरकार गठनकोलागि आग्रह पनि गरिसकेका छन् । यसै बिच आफूलाई कांग्रेसले पनि स्विकार्ने र सबैलाई मिलाएर प्रधानमन्त्रीसँग ९ बुँदे सहमति सँगै बजेट पारित भएपछि आफ्नो नेतृत्वमा सरकार बनाउने भद्र सहमति भएको भन्दै प्रचण्ड पनि आन्तरिक छलफलमा जुटेका छन् । उनले कृष्णबहादुर महरा र  बर्षामान पुन लगायतलाई वार्ता गर्न अगाडि बढाएका छन् ।
 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि पार्टीकै नेतृत्वको सरकारले संविधान जारी गरेको अवस्थामा अब त्यसको कार्यान्वयनको नेतृत्व पनि पार्टीले नै लिनु पर्ने तर्क सहित सहमतीय सरकारको नेतृत्वमा उत्रिएका छन । उनले सरकारको जोरजाम गराउन विमलेन्द्र नीधि र अमरेशकुमार सिहंलाई परिचालन गरेको बुझिएको छ ।  देउवाले आफ्नो नेतृत्वमा आन्दोलनरत मधेसी मोर्चाले समेत समर्थन गर्ने भएकोले राष्ट्रिय सरकार बन्ने सम्भावना बढी रहेको तर्क गरिरहेका छन् ।
यता फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र  नयाँ शक्तीका अध्यक्ष बाबुराम भट्टराई पनि आ आफ्नै डम्फु बजाएका छन् । गच्छदारले आफू प्रधानमन्त्री हुँदा मुलुकमै पहिलो मधेसी प्रधानमन्त्री हुने हुँदा जनतामा राज्यले विभेद गरेको भन्ने भ्रम टुट्दै जाने र यसले राष्ट्रिय सहमतिको बातावरण बनाउने भन्दै आफ्नो पक्षमा लविङ थालेका छन् ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्