Logo
८ बैशाख २०८१, शनिबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मायामा सिस्टम खोज्दै छ्न किशोर र जानकी (भिडयो सहित)

singers

भिम श्रेष्ठ । पछिल्लो समय गीत संगीतमा सबैभन्दा धेरै परिधी ओगटेको छ लोक गीतले। घर होस या जङ्गल , देश होस या बिदेश, भञ्ज्याङ् होस या चौतारी अनि बालबालिका होस या यूवा देखी वृद्ध सम्मले गुन्गुनाउने गीत हो लोक गीत। त्यसैले त लोक गीत संगीत प्रती मान्छेको रुची बढ्दै गएको छ।

जब उमेर छिप्पिदै जान्छ, बैश हुर्किदै जान्छ अग्रजहरुको चिन्ताको बिषय बन्छ छोरा छोरीको बिहे। यस्तै पिडा छ गायक किशोर लम्साल र गायिका जानकी तारामी मगरलाई।

“मलाइ पनि घरबाट बिहे गर्न कर लाछ
तर अर्कैको ब्वाइफ्रेन्ड / गर्लफ्रेन्ड पर्छ कि डर ला छ”

यस्तै भावाना समेटेर यूवा गायक किशोर लम्सालले निर्भाना कला केन्द्राको प्रस्तुतिमा ” बिहे गर्न कर ला छ” बजारमा ल्याएका छ्न। गायक लम्साल को यो नै पहिलो एल्बम भने होइन , माफी माग्ने मौका र गाउकै जिबन ठिक छ जस्ता गीतिएल्बम यस अघि नै दर्शक श्रोतामा पस्किसकेका छ्न।

पछिल्लो समयको भाग्यमानी लोक दोहोरी गायिका जानकी तारमी मगरले साथ दिएकी यो गीतको भाग्य भने कस्तो रहेने हो त्यो भने हेर्न बाकी नै छ। आफ्नै शब्द रहेको “बिहे गर्न कर ला छ” मा लय पनि आफैले भरेका हुन।

हेरुका लामा द्वारा निर्देशित यो गीतको म्यूजिक भिडियोमा सोनि गुरुङ,चन्द्रकला पुन, हेरुका लाम , रेशुराम थापा र मोति बहादुर आले ले अभिनय गरेका छ्न। गीतले समाजमा घटेका गतिविधिलाइ यथार्थपरक उतारेकोले राम्रो बजार लिने कुरा बताउछ्न गायक किशोर लम्साल। गायक ले भने जस्तै भएमा जानकी तारामी मगर अझ भाग्यमानी प्रमाणित हुनेछिन।

भिडियो हेर्नुस् :-

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्