Logo
१३ बैशाख २०८१, बिहीबार
(June 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसरी सडकमा नाङ्गै उभिएकी महिलाले छुन गरे तपाई के गर्नु हुन्छ ? (भिडियोसहित)

mahila1

हिँड्दाहिँड्दै बाटोमा अर्धनग्न अवस्थामा कुनै महिलाले तपाई छुन आग्रह गरे तपाई के गर्नु हुन्छ ? तपाईको तत्काल प्रतिक्रिया के होला ? यी महिला कुनै यौनकर्मी होइनन्, कलाकार हुन् ।

शरीरमा एउटा ‘मिरर बक्स’ बाँधेकी यी महिला कहिले डुसेलडार्फको सडकमा घुमिन् कहिले एम्स्टरर्डम त कहिले लण्डनको सडकमा ।हाटमा एउटा लाउस्पिकर लिएर उनी भनिरहेकी छन्–तपाई मलाई तीस सेकेन्डका लागि छुन सक्नु हुन्छ ।

बाक्सा कहिले उनको छातीमा बाँधिएको हुन्छ त कहिले तिघ्रामा । यसमा हात छिराउने एउटा साने प्वाल पनि हुन्छ, ताकि मानिसहरुले उनको वक्ष वा यौनाङ्ग छुन सकुन् । लाउस्पिकरमा यसरी घोषणा गरेको सुनेर कतिपय मानिस आश्चर्यमा पर्ने गर्दछ र त्यहाँ रोकिन्छन् ।

र, एकएक गरेर मानिसहरु उनलाई छुनका लागि अगाडि पनि बढ्छन् । यसो गर्नेमा पुरुष मात्र पनि हुँदैनन्, यसमा महिलाले पनि भाग लिने गर्दछन् । डुसेलडार्फ र एम्स्टर्डममा त सबै ठिकै रह्यो, तर लण्डनमा उनलाई प्रहरीले समातेर थानामा लग्यो । यी महिला हुन् स्वीट्जरल्याण्डको परफरमेन्स आर्टिस्ट मीलो मोर ।

उनका साथ यस्तो पहिलोपटक भएको होइन, प्रहरीले उनलाई अश्लीलता प्रदर्शन गरेको आरोपमा पटकपटक पक्राउ गरिसकेको छ। यसपटक उनी लण्डन प्रहरीको टाउको दुखाईको विषय बनिन् । यसअघि उनी पेरिसमा पनि एक रात जेल बसेकी थिइन् ।

मीलो मोर महिला अधिकारको कुरा गर्छिन् । त्यसैले उनी आफ्नो अनौठो तरिकाबाट मानिसको ध्यान आफूतिर खिच्ने गर्दछिन् । उनका अनुसार महिलालाई आफूले कहिले, कस्ले र कसरी छुन दिने भन्ने अधिकार हुनुपर्ने बताउँछिन् ।

पेरिसमा उनी वस्त्रहीन भएर आइफल टावर सामु पुगेर उभिइन्, र पर्यटकहरुका साथ तस्वीर पनि खिचाउन थालिन् । यसअघि जर्मनीको आर्ट कोलोन प्रदर्शनीबाहिर पनि उनले वस्त्रहीन भएर आफ्नो इन्स्टालेशन लगाइन् । यसअघि जर्मनीकै अर्को सहर म्युन्स्टरमा उनले आफ्नो एउटा प्रदर्शनी गरेकी थिइन्, त्यहाँ उनी काखमा एउटा नवजात शिशु लिएर वस्त्रहीन अवस्थामा घुमेकी थिइन् । मोरको यो तरिका सधैं विवादमा रहने गरेको छ ।

उनका आलोचकहरु फेमिस्टि र अश्लील हुनुमा फरक नरहेको आरोप लगाउने गरेका छन् । यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा मानिसहरु चर्चा गरिरहेका छन् कि के महिला अधिकारका लागि आवाज उठाउनका लागि यो सबैभन्दा उत्तम तरिका हुन सक्छ ? एजेन्सीको सहयोगमा

भिडियो :-

प्रकाशित मिति: Jun 29, 2016

प्रतिक्रिया दिनुहोस्