Logo
५ जेष्ठ २०७९, बिहीबार
(June 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छुट्टी मनाउन कम्पनीद्धारा पाइन्छ आठ लाख

phpThumb_generated_thumbnail1ब्लूमबर्ग । अहिलेसम्म तपाईंले सुन्नुभएको होला कुनै पनि कम्पनीले काम गरेकालाई स्टाफलाई धेरै भन्दा धेरै सुविधा दिन्छन् । यदि कोही कम्पनी तपाईंलाई कार्यलय आउन होइन कि छुट्टी मनाउन पैसा दिन्छ भने त्यो कति राम्रो कुरा हुन्छ ।

यस्ता कम्पनी पनि छन् । यो एउटा यस्तो कम्पनीको कथा हो, जसले हरेक स्टाफलाई बर्षमा बिदा मनाउन मात्र ७५०० डलर अर्थात झन्डै आठ लाख रुपैयाँ दिने गरेको छ ।

छुट्टी मनाउन यो बोनस त्यतिबेला पाइन्छ, जतिबेला कम्पनीको स्टाफ कार्यलयको कामबाट विल्कुलै टाढा हुनुपर्छ । यो नियम तोडनेको पैसा काटिन्छ ।

यो पढेर तपाई अचम्ममा पर्नुभयो होला, यो कुनै सपना होइन । एउटा सफ्टवेयर कम्पनीमा यस्तै भैरहेको छ । संयुक्त राज्य अमेरिकाको डेनवर शहरमा अबस्थित सफ्टवेयर कम्पनी फुलकान्टैक्ट्समा यस्तै नियम छ ।

कम्पनीका फाइन्नस र अपरेशन म्यानेजर जेनेट रसली भन्छन् कि यो सुविधा लिन मोवाइलको इमेल एक्पीकेशन डिलेट गरिन्छ, ल्यापटप कुनै कुनामा राखिन्छ ।

प्रकाशित मिति: Jun 28, 2016

प्रतिक्रिया दिनुहोस्