Logo
४ बैशाख २०८१, मंगलबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको यो पत्रले मधेशी नेताहरुमा यस्तो खटपट !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि आह्वान गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई सोमबार पत्र लेखेपछि संघीय गठबन्धनका उपेन्द्र यादव , महन्थ ठाकुर र राजेन्द्र महतो बिच खटपट भएको छ ।
पछिल्लो पटक आन्तरिक विवाद चुलिएर आफै सकसमा परेको संघीय गठबन्धन प्रधानमन्त्री केपी ओलीको पत्रले झन् तनाब बनाएको छ । पत्रको जवाफ कसरी दिने र वार्तामा बस्ने कि नबस्ने बारे मधेशी मोर्चामा छलफल चलिरहँदा संघीय गठबन्धनका केही नेताहरूले वार्ता बहिष्कार गर्ने र प्रधानमन्त्री केपी ओलीले बोलाएको त्रिपक्षीय छलफलमा नबस्ने बताउन थालेका छन् ।
उता प्रधानमन्त्री केपी ओली पनि सके सम्म संघीय गठबन्धन फुटाउने रणनीतिमा छन् । सोहि रणनीति बमोजिम महन्थ ठाकुर र राजेन्द्र महतोलाई ओलीले काखि च्यापेको बुझिएको छ । पछिल्लो समय महन्थ ठाकुर र राजेन्द्र महतो एका तर्फ छन् भने यादव समुह अको तर्फ उभिएको छ ।  संघीय गठबन्धनमा आबद्ध फोरम नेपालका नेताहरूले मधेशी मोर्चा वार्ताको बहिष्कार गर्ने र संघीय गठबन्धनलाई पत्र नपठाएसम्म मधेशी मोर्चा वार्तामा नबस्ने बताएका छन् ।
यस सम्बन्धमा जिज्ञासा राख्दा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर केहि प्रतिक्रिया दिन चाहेनन् । ठाकुरले भने– ‘अहिले हामी आन्तरिक छलफलमै व्यस्त रहेको बताएका छन् । ठाकुर र महतोले यादवलाई ‘गठबन्धन आफ्नै मनले चलाएको ,मनपरी गरेको आरोप लथाएका छन् । उनले गठबन्धनको नाममा मधेशी मोर्चाको बलि चढाउन नपाउने बताए मोर्चालाई पत्र पठाउँदा गठबन्धनलाई किन टाउको दुखाई मधेसी एक नेताले भने ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्