Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरमै बसी आफैँले जाँच्न सकिन्छ स्तन क्यान्सर !

1465710769brestकाठमाडौँ । मानिसमा देखिने क्यान्सरमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो ।

आफैँले घरमै बसी सरलताका साथ आफ्नो स्तन जाँच गरी समयमै यो रोगबाट बच्न सकिन्छ, जसलाई ब्रेस्ट सेल्फ इक्ज्यामिनेसन भनिन्छ ।

चिकित्सकका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐना अगाडि उभिएर पनि जाँच गर्न सकिन्छ ।

ऐना अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने, दुवै स्तनको समानता, आकार, बनोट, निप्पलको अवस्था, छालाको रङ, स्तनको कुनै भागमा गिर्खा भए÷नभएको ध्यान दिनुपर्छ ।

त्यस्तैगरी आफैँ जाँच गर्दा नुहाउने समय निकै राम्रो मानिन्छ । नुहाउँदा पनि सरलताका साथ जाँच गर्न सकिन्छ । साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न अझ सजिलो हुन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्न सकिन्छ ।

यसरी जाँच गर्ने क्रममा कुनै भाग कडा लागेमा तुरुन्तै उपचार गराउनुपर्ने चिकित्सकको भनाइ छ । तर यसरी स्तनको जाँच आफँै गर्दा महिनावारी नियमित रूपमा भइरहेका महिलाले महिनावारी रोकिएको ४–५ दिनपछि यो जाँच गर्नुपर्दछ ।

किनकि महिनावारी भएका बेलामा स्तन अलिकति सुन्निएको, कडा तथा हल्का दुख्ने हुन्छ । यसो भएमा तुरुन्त जाँच गराउनुपर्ने बताउँछिन् स्त्रीरोग विशेषज्ञ डा ज्योति अग्रवाल ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति स्तन क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो नम्बरमा आउने बताउँछिन् ।

उनका अनुसार महिला उमेर पार गर्दै बुढ्यौलीतिर लाग्दा स्तन क्यान्सरको सम्भावना बढ्दै जाने हुन्छ । विभिन्न तथ्याङ्कअनुसार विश्वमा औसत ५० वर्ष उमेर नाघेका महिलामा स्तन क्यान्सरको समस्या बढी देखापर्ने गर्दछ ।

उनले भनिन् – “कतिपय स्तन क्यान्सर वंशाणुगत कारणले पनि हुन सक्छ । तर सबैमा यो समस्या हुन्छ भन्ने छैन । कुनै महिलालाई ढिलो महिनावारी सुरु भएर चाँढै सुकेको छ भने पनि स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्