Logo
१३ बैशाख २०८१, बिहीबार
(June 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढ्दैछन् सेक्ससगँ जोडिएका सपना देख्नेहरु संख्या !

se
एक अध्ययनले महिलामा सेक्ससँग जोडिएको सपना देख्ने दर बढिरहेको देखाएको छ ।

क्यानडाको युनिभर्सिटी अफ मोन्ट्रियलका विज्ञहरुले गरेको अध्ययनका क्रममा अहिलेका महिलाहरुले सपनामा यौन क्रियाकलाप गर्ने गरेको देख्ने दर ४० वर्ष अघिका महिलामा भन्दा निकै धेरै रहेको पाइएको छ । अध्ययनका क्रममा महिलाले देख्ने सपना मध्ये आठ प्रतिशत सेक्ससँग सम्बन्धित हुने गरेका छन् ।

अध्ययनका क्रममा तीन हजार पाँच सय जना महिला र पुरुषले आफुले देख्ने सपनाको बारेमा तथ्य संकलन गरिएको अध्ययन टोलीका प्रमुख एन्टोनियो जाड्रा बताउँछन् । अध्ययनका क्रममा संलग्न भएका महिला तथा पुरुषहरुले देख्ने यौन सम्बन्धि सपनामा देख्ने यौन क्रियाकलापहरुमा यौन सम्पर्क, पाकक्रिडा, चुम्बन तथा हस्तमैथुन लगायतका रहेका अध्ययनकर्ता बताउँछन् । अध्ययनका क्रममा केही अरु रोचक तथ्य पनि फेला पारिएको छ ।

सपनामा गरिने सेक्सका क्रममा चार प्रतिशत महिला र पुरुष चरमोत्कर्षमा पुग्ने गरेका छन् । महिलाले देख्ने सेक्सका सपनामध्ये ४० प्रतिशतमा उनीहरुले कुनै चर्चित पुरुषसँग सेक्स गरेको देख्छन् । त्यस्तै २० प्रतिशतले आफ्नो अहिलेको प्रेमी वा पूर्व प्रेमीसँग सपनामा सेक्स गरेको देख्छन् ।

महिलाले प्रायः कुनै निश्चित वा केही सिमित पुरुषहरुसँग मात्र सेक्स गरेको सपना देख्ने भएपनि पुरुषले भने प्रायः धेरै महिलाहरुसँग सेक्स गरेको सपना देख्ने गरेका अध्ययनमा पाइएको छ । अध्ययनका क्रममा महिलाले सेक्सका सपना देख्ने दर पछिल्लो ४० वर्षमा बढेको पाइयो ।

तर यसरी सेक्सका सपनाको दर बढ्नुमा महिलाले बढि सेक्सका सपना देख्ने गर्नुका साथै यौनका कुरामा बढि खुल्ला हुनु पनि जिम्मेवार रहेको अध्ययनकर्ताहरु बताउँछन् । एजेन्सी

प्रकाशित मिति: Jun 27, 2016

प्रतिक्रिया दिनुहोस्