Logo
१५ चैत्र २०८०, बिहीबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनरत दलहरको मागबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दलहरुको संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा सहित आन्दोलनरत संघीय गठबन्धनले राखेका मागबारे छलफल गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी काँग्रेस र आन्दोलनरत दलहरुलाई आमन्त्रण गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मगलवार हुने छलफलका लागि संसद्मा रहेका सबै दललाई बोलाइएको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

तर आन्दोलनरत गठबन्धनका नेताहरुले छलपलमा सहभागि नहुने बताएका छन् । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले छलफलमा सहभागि नहुने बताए ।

आफूहरुको मागबारे सुनुवाई हुने सम्भावना नरहेकाले बैठकमा सहभागि हुनुको औचित्य नरहेको उनको भनाई छ । संविधान संशोधनलगायतका विभिन्न २६ बुँदे माग राख्दै गठबन्धनले हाल राजधानी केन्द्रीत आन्दोलन गर्दै आएको छ ।

 

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्