जव पोस्टर फ्यालेर ठाकुरले भने ‘क्या है ये ? ’

समाचार श्रोतका अनुसार पोस्टर फ्यालेर लाल र शुक्लासँग ‘क्या है ये ?’ भनेर अँखा रातो पिरो गरे पछि दुवै जना केहि समयका लागि मौन बसेका थिए । श्रोतले भन्यो ‘ठाकुर जीले पोष्टर हेर्न बितिकै केहि समय आफनो कार्यकक्षबाटै निसकेर बाहिर पुगेका थिए । अध्यक्ष ठाकुर रिसाएरै कार्यकक्षबाट बाहिरिएपछि पोष्टरवालाहरुपनि बाहिरिएका थिए ।
‘ तमलोका एक नेताका अनुसार लाल र शुक्लाले तयार पारेको पोस्टरमा अध्यक्ष ठाकुरको फोटो सानो राखेर एक कुनामा राखिएको थियो भने अन्य दलका र तमलोपाका अन्य नेताहरुको आन्दोलनका फोटोहरु राखेर पोस्टरलाई भद्दा बनाएको ठाकुरको ठहर थियो ।
उनले भने ‘पोस्टर बनाउने काम प्रचार प्रसार समितिको हो तर, समिति गठन नहुँदै अध्यक्ष ठाकुरको अगाडि काम गरेका देखाउनका लागि पोस्टर तयार गरेर हतार–हतारमा ठाकुरलाई देखाउन लगेका थिए । आखिर परिणाम नै त्यही पाए ।
’ महासचिव जितेन्द्र सोनलको संयोजकत्वमा गठन भएको प्रचार प्रसार समितिले अर्को पोस्टर तयार गरेको छ । सो पोस्टर अध्यक्ष ठाकुरबाट स्वीकृत भइसकेको छ भने उक्त पोस्टरमा ठाकुर बाहेक कसैको फोटो राखिएको छैन । तमलोपाको महाधिवेशन असार ६, ७ र ८ गते नवलपरासीको रामग्राममा हुँदैछ । त्यसका लागि विभिन्न ११ वटा समितिहरु पनि गठन भइसकेका छन् ।