Logo
७ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुलकुमारी सहित चार चोर जाकिए

मोरङ । मोरङ जिल्लाको विराटनगरको बिभिन्न स्थानहरूबाट पटक पटक सवारी साधनहरूको ब्याट्री, साउण्ड बक्स लगायत दुरसंचार र बिद्युतको तामाको तार समेत गरी अन्दाजी रू ७६,७०० मुल्य बरावरको सामानहरू चोरी गर्ने गिरोह प्रहरीको फन्दामा परेको छ ।

जिल्ला मोरङ विराटनगर ५ बस्ने बर्ष २१ को सुरज उराव, सोही स्थानमा बस्ने बर्ष १८ को मुकेश उराव, तयसै गरि बर्ष १८ को सुनिल उराव र बर्ष १८ की टाईली भन्ने फुलकुमारी उराव पक्राउ परेका छन् । उनीहरुलाई कानून बमोजिम कारबाहि प्रकृया अगाडी बढाईएको छ।

त्यसैगरि अवैध पेट्रोल, डिजल भन्सार कार्यालयमा बुझाईएको मोरङ जिल्ला प्रहरीले जनाएको छ । मोरङ जिल्लाको बिभिन्न स्थानहरूबाट बिभिन्न मिति र समयमा अवैध रूपमा चोरी निकासी गरेको अन्दाजी रू ५३,९७५। मुल्य बरावरको पेट्रोल ४९० लिटर, डिजल २६५ लिटर बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगर रानीमा बुझाइएको हो।

प्रकाशित मिति: Jun 5, 2016

प्रतिक्रिया दिनुहोस्