Logo
१३ बैशाख २०८१, बिहीबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वतन्त्र मधेशको माग छोडदै सिके राउत, टवीट गरेर गराए जानकारी !

काठमाडौं । अलग मधेशको माग गर्दै अभियानरत रहेका डा सिके राउतले नेपालबाट मधेशलाई अलग गर्ने अभियानलाई त्यागेको संकेत गरेका छन् ।  सिके राउतले आफनो अफिसियल ट्विटरमा एक ट्विट गर्दै यस्तो संकेत गरेका हुन् । 
उनले आफनो ट्विटरमा मधेशवादीहरुको आन्दोलनलाई अरुको इशारामा गरेको आन्दोलन भएको आरोप लगाउँदै आफनो अभियानले नेपाल र मधेश दुवैको अस्तित्व कायम गर्न भएको भन्दै मधेशवादीहरुको आन्दोलन नेपाल र मधेश दुवैलाई मेट्ने पथमा रहेको आरोप लगाएका छन् ।
यस अघि सिके राउतले पहिलो पटक राज्य द्रोहको मुद्धामा विशेष अदालतमा पनि आफु मधेशलाई नेपाल देशबाट अलग गर्ने अभियान नचलाएको स्वीकार गरेपछि रिहा भएका थिए ।
सिके राउतले आफना समर्थकहरु बीच गएर स्वराजको कुरा गर्दै अलग मधेश देशको बिचार व्यक्त गर्दै आएका छन् । उनले छापेको मधेश अलग देशको झण्डा र राष्टगान पनि यस अघि नै सार्वजनिक गरी सकेका छन् ।

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्