Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सल्मानको ‘सुल्तान’ का कारण ‘दंगल’ का हिरो आमिर तनावमा


मुम्बई । एक महिनापछि हुन लागेको सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ अहिले चर्चामा छ । यस चलचित्रको ट्रेलर हेरेपछि धेरै दर्शकहरु चलचित्रलाई लिएर उत्साहित भइरहेका बेला आमिर खान भने चिन्तित देखिएका हुन् ।
चलचित्रको ट्रेलर हेरेपछि आमिरमा आफ्नो चलचित्र चल्दैन भन्ने शंका बढेको छ । सलमानको चलचित्र रेस्लिङ खेलसँग सम्बन्धित छ । यही विषयवस्तुमा आमिर खान अभिनित चलचित्र ‘दंगल’ केही समयपछि प्रदर्शनमा आउँदैछ । 
चलचित्र ‘सुल्तान’ एक काल्पनिक कथामा आधारित चलचित्र हो । यता, आमिरको अभिनय रहेको दंगल महावीर फोगटको जीवनीमा आधारित चलचित्र हो । सुल्तानमा सलमानले बोलेको डायलग धोबी पछाड डायलगबाट आमिर चिन्तित छन् किनकी महावीर फोगटलाई भारतमा धोबी पछाड नामले चिनिन्छ ।
नितेश तिवारीको निर्देशनमा तयार हुन लागेको महावीर फोगटको जीवनी दंगलको सुटिङ सुल्तानभन्दा पहिल्यै सूरु भएको थियो । तर सुल्तान चलचित्र दंगलभन्दा अगाडी नै प्रदर्शनमा आउनेछ । सुल्तानलाई अब्बास जफरले निर्देशन गरेका छन् । 
सुल्तान ६ जुलाईमा प्रदर्शनमा आउनेछ भने दंगल हेर्न डिसेम्बरसम्म कुर्नुपर्नेछ । यसअघि नै कुनै अत्यन्तै निकट रहेका दुई स्टार कलाकारबीच मनमुटाव सूरु भएको समाचार सञ्चारमाध्यममा आएको थियो । एजेन्सी 

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्