Logo
२६ बैशाख २०८१, बुधबार
(May 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमल थापाले राजनीतिक समितिको नेतृत्व छाड्दै

काठमाडौ । दलहरुवीच लामो समयदेखि कायम रहेको सीमांकन सम्बन्धि विवाद अन्त्य गर्न आफ्नो नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व छाड्ने मनस्थितिमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पुगेको खबर छ ।
मधेसी मोर्चाका  नेताहरुले थापाको नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक समितिलाई मान्यता नदिए पछि उनले मनस्थिति परिवर्तन गरेका हुन् । कमल थापाले आफ्नो विकल्प खोज्न समेत प्रधानमन्त्रीलाई आग्रह गरेका छन् समाचार स्रोतले भन्यो । जसमा प्रधानमन्त्री ओलीले छलफल गरेर यसमा बैकल्पि निर्णय गरिने बताएका छन् ।
थापा नेतृत्वको समिति फागुन ३ गतेको मन्त्री परिषदको बैठकले गठनको निर्णय गरेको थियो । सो समिति आफूहरुसँग छलफल नगरी ल्याएको भन्दै कांग्रेसले प्रतिनिधि पठाएको छैन् भने मधेसी मोर्चाले थापा नेतृत्वको समितिले समस्याको समाधान गर्न नसक्ने भन्दै समितिमा नजाने स्पष्ट पार्दै आएको छ ।
मधेसी मोर्चाका नेता र थापा नेतृत्वको समिति बिच पटक पटक वार्ता भएको थियो । तर पछिल्लो समय वार्ता नै रोकीएको छ । 

प्रकाशित मिति: May 1, 2016

प्रतिक्रिया दिनुहोस्