Logo
११ बैशाख २०८१, मंगलबार
(May 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ बुँदे प्रस्ताव पारित गर्दे तमलोपाको केन्द्रीय समिति बैठक सम्पन्न

जनकपुर । १५ बुँदे प्रस्ताव पारित गर्दै तराई–मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यसमिति बैठक आइतबार जनकपुरमा सम्पन्न भएको छ । 
बैठकबाट असार दोश्रो साता पार्टीको प्रथम केन्द्रीय महाधिवेशन नवलपरासीको रामग्राममा आयोजन गर्ने निर्णय समेत गरेको छ । 
दुई दिनसम्म चलेको राष्ट्रिय कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष महन्थ ठाकुरले अगामी असार ६ गतेदेखि ८ गतेसम्म नवलपरासीको रामग्राममा पार्टीको प्रथम महाधिवेशन आयोजन गरिने जानकारी दिए । 
महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यसहित १ सय ५१ सदस्यीय तयारी मूल समिति गठन गर्ने तथा अन्य व्यवस्थापनका लागि व्यवस्थापन समन्वय, मूल दस्तावेज तयारी, विधान परिमार्जन, प्रचार प्रसार, अर्थ, संचार व्यवस्थापन, अतिथि व्यवस्था, केन्द्रीय निर्वाचन लगायतका उपसमितिहरु गठन गरिने जानकारी अध्यक्ष ठाकुरले दिए । तयारी मूल समितिसँगै अन्य उपसमितिको चयन गर्ने अधिकार भने पार्टी अध्यक्ष ठाकुरलाई प्रत्यायोजित गरिएको छ ।
तमलोपा केन्द्रीय समिति बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाउँदै आएको ११ बुँदे प्रस्तावप्रति समर्थन जनाउँदै, तेश्रो मधेस आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय सम्मान, घाइतेहरुको उपचार एवं पीडित परिवारहरुको लागी क्षतिपूर्तिको माग समेत गरेको छ । 
ओली नेतृत्वको सरकारले संवैधानिक तथा सरकारी गैरसरकारी निकायहरुमा गरेको नियुक्ति समानुपातिक समावेशी सिद्धान्त विपरीत भएको उल्लेख गर्दै चिन्ता व्यक्त गरिएको छ । सरकारको यस निर्णयलाई ‘प्रतिगमन’को संकेतको रुपमा ठहर समेत गरिएको छ । इकान्तिपुरमा खबर छ 

प्रकाशित मिति: May 1, 2016

प्रतिक्रिया दिनुहोस्