Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच र दस रुपियाँका नोट धेरै खराब !

काठमाडौं । उभभोक्तले जतन नगर्दा पाँच  र दसका नोट छिटो च्यातिने गरेका छन् ।  ठूला नोटको तुलनामा साना नोटलाई बेवास्था गर्दा ती च्यातिने गरेका आजको नागरिक दैनिकमा समाचार छ ।

हजार र पाँच सयका नोट बढी जतन हुने भएकाले तिनको आयु साना नोटको भन्दा बढी हुने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको एक सर्वेक्षणले ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने गरेको देखिएको छ ।

हजार र पाँच सय नोटको तुलनामा पाँच, दस, बीस, पचास, सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुगेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए ।

केन्द्रीय बैंकले वर्षको दुईपटक टूलो मात्रामा नयाँ नोट बजार पठाउने गर्छ । राष्ट्र बैंकले सबैभन्दा बढी परिमाणमा दसैंका बेला नयाँ नोट बजार पठाउने गरेको छ ।

प्रकाशित मिति: May 2, 2016

प्रतिक्रिया दिनुहोस्