सेल्फी खिच्दा बन्दूक पड्किएर किशोरको मृत्यु

पिटिआइका अनुसार १५ वर्षका रमनदीप सिंह आफ्ना पि
ताको ३२ क्यालिबर पेस्तोलसित शुक्रबार साँझ सेल्फी खिच्दै थिए ।
त्यही क्रममा उनले अकस्मात् ट्रिगर थिचेपछि गोली टाउकोमा लागेको थियो। उनलाई तत्काल अस्पताल लगेर शल्यक्रिया गरे पनि आइतबार दिउँसो निधन भएको हो।
भारतिय समाचार एजेन्सी पिटिआइले सेल्फीसँग सम्बन्धित मृत्युका घटनामा भारत सबैभन्दा शीर्ष स्थानमा रहेको जनाएको छ ।
विगत तीन वर्षका विश्वभरका ४९ मृत्युका घटनामध्ये १९ वटा भारतका छन्। त्यो झण्डै ४० प्रतिशत हुन आउँछ । यसअघि सेल्फीसँग सम्बन्धित मृत्युका घटना बढेपछि मुम्बईले नो सेल्फी जोन बनाएको घोषणा यही वर्षको सुरुमा गरेको छ।