Logo
१३ बैशाख २०८१, बिहीबार
(May 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराटनगरको सुरक्षा व्यवस्था एकाएक बनाए कडा

विराटनगर  । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को महाधिवेशनलाई मध्यनजगर गर्दै विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भारतीय नेतासमेत आउने भएपछि  सुरक्षा व्यवस्थालाई थप कडा पारिएको हो । 
लोकतान्त्रिकको महाधिवेशन सोमबारदेखि सुरु भई तीन दिनसम्म चल्नेछ । 
प्रधानमन्त्री केपी शर्मा ओली पनि विराटनगर आउने तय भएको छ । विहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ ।
विमानस्थलदेखि महाधिवेशन उद्घाटनस्थल सहिद रंगशालासम्म ठाउँ ठाउँमा परिचालन गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षाकर्मीले निगरानी बढाएका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले सबै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । महाधिवेशन सुरक्षका लागि दुई हजार भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
महाधिवेशन दिउँसो १ः१५ बजे सहिद रंगशालामा उद्घाटन हुँदैछ । कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष एवं उपप्रधानमन्त्री चित्रबहादुर केसी, नेकपा मालेका अध्यक्ष एवं उपप्रधानमन्त्री सीपी मैनालीलगायत आउने बताइएको छ ।
भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, जनता दल युनाईटेडका महासचिव केसी त्यागी,डा। विजय सोनकर शस्त्री, बिहार र झारखण्डका क्षेत्रीय पार्टीका शीर्षस्थ नेताहरु पनि सहभागी हुनेछन् । भारतीय नेतालाई काठमाडौबाट यति एयरको जहाज चार्टर गरेर विराटनगर ल्याइने छ ।

प्रकाशित मिति: May 2, 2016

प्रतिक्रिया दिनुहोस्