Logo
८ बैशाख २०८१, शनिबार
(May 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संजय साह बचाउन अभियान’ नै गठन, काठमाण्डौमा प्रर्दशन गर्ने

काठमाडौं । धनुषा क्षेत्र नम्बर ४ का निर्वाचित तर निल्विंत सांसद संजय साहमाथि लागेका आरोपहरुमा न्यायिक छानविन आयोग बनाउनुपर्ने माग सहित ‘संजय साह बचाउन अभियान’ नै गठन भएको छ । 
शनिबार र आइतबार बृहत छलफल गरी नेता साहमाथि लगाइएका आरोपको बारे निश्पिक्ष छानविनका लागि दबाब दिन उक्त समिति गठन गरिएको हो । 
काठमाडौं स्थित बिभिन्न जिल्लाका बसोबासी,  नागरिक समाज, बुद्धिजिवि, वकील, चिकित्सक, व्यवसायी, युवा–विद्यार्थी, पूर्वकर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा उक्त अभियान गठन गरिएको हो ।
अभियानको संयोजन गरिरहेका दिलिप साहका अनुसार नेता साहले आफुमाथि लगाइएको आरोप उपर न्यायिक छानविन हुनु पर्ने माग गर्दै आएको अवस्थामा राज्यले अहिलेसम्म कुनै पहल नगरेकोले दबाब स्वरुप अभियान गठन गरिएको हो । 
यसैबीच, संजय साह बचाउ अभियानले सोमबार साँझ ५ बजे काठमाडौंको माईतिघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । प्लेकार्डसहित नेता साहमाथि न्यायिक छानविन हुनु पर्ने मागसहित प्रदर्शन हुन लागेको दिलिप साहले बताए । 
उनका अनुसार काठमाडौंमा रहेका मधेशी समुदायसहित गैरमधेशी समुदायहरु पनि न्यायका पक्षमा वकालत गर्न र सत्यतथ्य छानविन गर्न आयोगको माग गर्दै प्रदर्शन गर्नेछ । 

प्रकाशित मिति: May 2, 2016

प्रतिक्रिया दिनुहोस्