Logo
८ बैशाख २०८१, शनिबार
(May 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीक्षितलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । पत्रकार कनकमणि दीक्षितलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 
कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की र वरिष्ठ न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले दीक्षितलाई थुनामुक्त गर्न आदेश दिएको हो।
दीक्षितकी पत्नी शान्ता दीक्षितले दिएको बन्दी प्रत्यक्षिकरणको रिटमा २० वैशाखमा सुनुवाई गर्दै दीक्षितलाई रिहा गर्न आदेश दिएको हो ।
साथै इजलाशले यसअघि विशेष अदालतले दिएको आदेश खारेज गरेको छ। १० वैशाखमा अख्तियारले दीक्षितलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति: May 2, 2016

प्रतिक्रिया दिनुहोस्