इन्टरनेट प्रयोगकर्ताका लागी सहज बनाउने वेब टुल्स अनि फिचर्स
हाल नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या दिन दुईगुणा रात चौगुणाको हिसाबले बढिरहेको हामी पाउछौ । नेपाल दुरसञ्चार प्राधिकरणले केही महिना अघि मात्रै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार नेपालको कुल जनसख्याको एक तिहाई मानिसहरुले इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ ।

अर्थात हाल नेपालमा एक करोड बढी मानिसहरु इन्टरनेटका प्रयोगकर्ता छन् । इन्टरनेट भित्रिएको इतिहास लामो छैन, सन् १९९५ मा मर्कन्टाइल कम्यूनिकेशनले पहिलो पटक इन्टरनेट सुविधा नेपालमा भित्राएको थियो । तर पनि झन्डै २० बर्षको अवधिमा नेपालमा लाखौं मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् । नेपालमा इन्टरनेट प्रयोगकर्ताको सख्या ह्वात्तै बढ्नुमा दुईवटा विषयले महत्व राख्दछ ।
पहिलो नेपालका ४० लाख बढी युवाहरु विदेशमा छन् भने दोश्रो स्मार्ट फोनको प्रयोगले इन्टरनेटको बजारलाई बढावा दिइरहेको छ । विदेशमा बस्ने परिवारका सदस्यसगँ दुरदजारबाटै इन्टरनेटको माध्यमबाट प्रत्यक्ष सम्पर्कमा रहन सहयोग भएको छ भने मोबाइलबाटै अडियो, भिडियो, च्याट लगायतका सुविधाको प्रयोग गर्न सकिन्छ । इन्टरनेट प्रयोगले विश्व साच्चै साघुँरो बनाइदिएको अबस्था छ ।
पछिल्लो समय सामाजिक सञ्जालहरुले पनि इन्टरनेट प्रयोगलाई अझ प्रोत्साहित गरिरहेको छ । इन्टरनेटमा रमाउदै गरेका प्रयोगकर्तालाई अझ बढि सहज र सरल होस् भन्ने हेतुले नेपाली टुल्स् डट कमले दैनिक उपयोगी टुल्सहरुलाई एकै बेवपेजमा संग्रह गरेको छ । यो वेब टुल्स सन् २०१४ देखि संचालनमा आएको हो ।
यसबाट धेरै प्रकारका फिचरहरु एकै साइटमा प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् । जस्तो नेपाल विद्युत प्राधिकरणले तोकेको नया लोडसेडिङ्ग तालिका हेर्न सकिने, युनिट कन्भर्ट गर्न मिल्ने , प्रिती फण्टलाई युनिकोडमा कन्र्भट गर्न प्रिती टु युनिकोड, मोबाइल प्रयोगकर्तालाई नेपाली युनिकोड टाइप, मुद्रा कन्भर्टर, तिथीमिति कन्र्भटर, नेपाली क्यालेन्डर, युनिकोड फन्टलाई प्रीतिमा कन्र्भट गर्न सकिने, अनलाइन भ्याट क्यालकुलेटर प्रयोग गर्न सकिने, नेपाली बजारमा आएका ताजा भिडियो हेर्न मिल्ने, नेपाल अधिराज्य भरिका ३०० भन्दा बढी एफ एम रेडियोलाई एस वेबसाइटबाट बिश्व भरि सुन्न सकिने लगायतका टुल्सहरु नेपालि टुल्स डटकममा उपलब्ध छन् ।
त्यति मात्र नभएर यस बेवसाइट भित्र नेपाल राष्ट्र बैंकले निर्धारण गरेको दैनिक एक्सचेन्ज रेट पनि हेर्न सकिने छ । साथै सुन चाँदीको दर भाउ पनि हेर्न मिल्ने छ, भने दैनिक, साप्ताहित, मासिक, बार्षिक राशिफल समेत हेर्न सकिने, आफुलाई मन परेको मोबाईल एप्स डाउनलोड गर्न सकिने, रोचक जानकारी तथा कम्प्युटर, मोबाइल, इन्टरनेट सम्बन्धि बिविद जानकारी मुलक टिप्स पढ्न सकिने लगाएत सुबिधाको लागि यस साइटलाई प्रयोग गर्न सकिन्छ ।
साथै इन्टरनेटको पहुचमा रहेर दैनिक जीवनमा उपयोगी तर थाहा नभएका सरकारी तथा गैरसरकारी वेबसाइटको लिंक ठेगाना समेत यस टुल्स वेब मार्फत जानकारी लिन सकिने सुबिधा तथा लग अन गर्न सकिन्छ ।