Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जन्डिस,टाइफाइड भएका बेला सेक्स गर्न हुने कि नहुने ?

काठमाडौं । जन्डिस, टाइफाइडजस्ता रोगहरु सामान्यतया संक्रमणजन्य सरुवा रोग हुन् । 
कलेजोको पित्तनलीहरु बिभिन्न कारणले थुनिएर हुने विशिष्ट र थोरै देखिने अवस्थामा बाहेक अन्य सबै अवस्थामा जन्डिस भाइरसको संक्रमणको कारणले हुन्छ । 
टाइफाइड साल्मोनेल्ला भन्ने ब्याक्टेरियाको संक्रमणबाट हुन्छ । संक्रमणजन्य रोगहरु लागको बिरामीहरुको मलमूत्र,रगत , थुक,र्याल,सिंगान,सास आदिबाट कीटाणुहरु एक ब्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना अधिक हुन्छ ।
यसैकारणले बिरामीसँग शारीरिक निकटता र रोगका किटाणु सार्ने माथि उल्लेखित माध्यमबाट स्वस्थ व्यक्तिमा सो रोग सर्ने सम्भावनाका कारणले रोगी र स्वस्थ व्यक्तिको एकअर्कासँग बढी शारीरिक सम्पर्क उचित हुँदैन । हेपाटाइटिस बी र सी नाम गरेका भाइरस वीर्य र योनीरसमा पाइने हुनाले ती रोगहरु यौनजन्य सरुवा रोगको श्रेणीमा पर्छन् ।
यसको अलावा जन्डिस र टाइफाइड ज्वराका कारणले बिरामीको शरिरमा अरुचि भइ कमजोर र शु्स्त बनाएको हुन्छ । जन्डिसमा शारीरिक कम्पन वा गतिविधिले कलेजोलाई झन् कमजोर बनाउने र निको हुन अझ बढी समय लाग्ने कुरा उल्लेख विशेषता पाइन्छ ।
माथि उल्लेखित कारणले गर्दा ती रोगबाट छिटो निको हुन र यौनसाथीलाई रोग नसार्नका लागि जन्डिस,टाइफाइडका बिरामीहरुले रोगका लक्षण कम भएसम्म मात्र होइन,रोगका किटाणु,विषाणुहरु शरीरबाट पूर्ण रुपमा हराएर रोग सर्ने अवस्था टरेको चिक्त्सिकीय परीक्षण र प्रमाणपत्रबाट स्पष्ट नभएसम्म यौन सम्पर्क नगर्नु नै बुद्धिमानी हुनेछ ।
(डा.सुवोधकुमार पोखरेल, शुक्रबार साप्ताहिकबाट)

प्रकाशित मिति: May 2, 2016

प्रतिक्रिया दिनुहोस्