Logo
१३ बैशाख २०८१, बिहीबार
(May 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिचित्रै छ प्रेममा हुने इसारा !

मनको कुनै पनि भावना अभिव्यक्त गर्न बोलि र भाषाको आवश्यकता हुदैन ।
त्यसमा पनि प्रेममा त झन इशाराको भूमिका केही बढी नै महत्वपूर्ण हुन्छ ।
प्रेमको सुरुआतदेखि सम्पूर्णतासम्म प्रत्येक कदममा इशारा बुझ्नु अत्यन्त जरुरी हुन्छ किनभने प्रेममा इशाराद्वारा नै इन्कार र स्वीकार गरिन्छ ।
आमतवरले पहिलो पटक प्रेमको अभिव्यक्ति पनि इशाराको माध्यमले नै हुन्छ ।
त्यसैले प्रेममा सही तरिकाले इशाराहरुको भाषा जान्नु अत्यन्तै जरुरी छ । होइन भने प्रेम कहानी सुरु हुनु भन्दा अगावै समाप्त हुन्छ ।
प्रेमको पहिलो इशारा हो अनुहारबाट आ“खा नहटनु यदि कसैले कसैलाई लगातार हेरि नै रहेको छ भने त्यसको अर्थ हो कुनै खास अनुहारले आकर्षित गरेको । आमतवरले प्रेम गर्नेहरु एक अर्काको आ“खामा डुब्छन् र आँखै आँखामा कुरा गर्छन् ।
यदि कसैले कसैलाई अत्यन्तै प्रेमपूर्वक बोलाउछ वा कुनै विशेष नामले बोलाउछ भने मान्नुस त्यो नाम उसको मुटुको नजिक छ ।
कसैलाई देख्ने बित्तिकै मन प्रफुल्ल हुनु अनुहारमा मुस्कान आउनु पनि प्रेमको निशानी हो । त्यसैले यदि कोही तपाईको प्रत्येक बोलीमा मुस्कुराउछ भने बुझ्नुस् उसलाई तपाईसँग प्रेम छ ।
यदि कुनै केटाकेटीले प्रत्येक सुख दुःखमा एक अर्कालाई आप्mनो नजिक देख्न चाहन्छ भने त्यो प्रेम कै शंकेत हो ।
प्रेमस् परिभाषा
प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’
— विलियम सेक्सपियर
‘म स्वार्थी छु, अधैर्य छु र अलिकति कमजोर छु । म गल्तीहरू गर्छु, आफ्नो नियन्त्रणबाहिर हुन्छु र कहिलेकाही आफैँलाई सम्हाल्न सक्दिन । यदि मेरो सबैभन्दा खराब अवस्थामा तिमी मलाई सम्हाल्न सक्दैनौ भने मेरो राम्रो अवस्थामा मलाई पाउने हक तिमीलाई छैन ।’
— मार्लिन मुनरो
‘तिमी जब रातमा निदाउन सक्दैन, त्यतिबेला तिमी प्रेममा हुन्छौ, किनकि अन्ततस् तिमीलाई सपनाभन्दा वास्तविकता सुन्दर लाग्न थालेको हुन्छ ।’
— डा। सेउस
‘यदि तिमी मानिसहरूलाई मूल्यांकन गर्न थाल्छौ भने तिनीहरूलाई प्रेम गर्ने समय तिमीसित हँुदैन ।’
— मदर टेरेसा
‘के तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ रु भयानक हुन्छ, होइन त रु यसले तपार्इंलाई साह्रै नाजुक बनाउँछ । यसले तपाईंको छाती खोलिदिन्छ, तपाईंको हृदय उघार्छ र यसको मतलब कोही त्यहाभित्र पसेर तपाईंलाई भद्रगोल पारिदिन सक्छ ।’
— नील गइम्यान
‘प्रेम हावा जस्तै हो । यसलाई देख्न सकिदैन, केबल महसुस गर्न सकिन्छ ।’
— निकोलस स्पार्कस
‘कसैको गहिरो प्रेम पाउनाले तपाईंलाई शक्ति मिल्छ, कसैलाई गहिरो माया गर्दा तपाईंलाई साहस मिल्छ ।’
— लाओ चु
‘तपाईं उनको पहिलो, अन्तिम वा एकमात्र ९प्रेमी० नहुन सक्नुहुन्छ । उनले यसअघि कसैलाई प्रेम गरेकी हुनसक्छिन र भविष्यमा पनि कसैलाई गर्न सक्छिन् । यदि वर्तमानमा उनले तपाईंलाई प्रेम गर्छिन् भने अरू कुराले के अर्थ राख्छ रु प्रत्येकक्षण उनले तपाईंलाई नसम्झिन सक्छिन्, तर उनले आफ्नो शरीरको एउटा हिस्सा, हृदय, तपाईंलाई दिन्छिन्, जून उनलाई थाहा छ कि तपाईंले तोड्न सक्नुहुन्छ । त्यसैले उनलाई दुस्खी नबनाउनुस्, उनको मूल्यांकन नगर्नुस्, उनीबाट बढी अपेक्षा पनि नगर्नुस् । जब उनले तपाईंलाई खुसी तुल्याउँछिन्, हाँसिदिनुस् । जब उनी छैनन्, सम्झिदिनुस् ।’
— बब मार्ले
‘चुम्बनबिनाको प्रेम भनेको शब्द बिनाको किताब जस्तै हो, रित्तो ।’
— एन्ड्रयू वल्फ
‘प्रेम आगो हो । तर यसले तपाईंको हृदयलाई न्यानो दिनेछ वा तपाईंको घर जलाइदिनेछ, केही भन्न सकिँदैन ।’
— जोन क्रफोर्ड
‘कुनै व्यक्ति एउटी मुलायम केटीलाई नहड्बडाई सरक्कसित चुम्बन गर्न सक्छ भने उसले उक्त चुम्बनप्रति न्याय गरेको ठहरिँदैन ।’
— अल्बर्ट आइन्सटाइन
‘जब हामी प्रेम गर्छौं, त्यतिबेला आफूलाई राम्रो देखाउन कोसिस गर्छौं । जब आफूलाई रम्रो देखाउन खोज्छौँ, त्यतिबेला हामी वरिपरिको परिवेश आफसेआफ राम्रो भइदिन्छ ।’
— पाउलो कोयल्हो
एउटा केटा र केटी घनिष्ठ साथी हुनसक्छन्, तर कुनै न कुनै विन्दुमा पुगेपछि उनीहरू एकअर्का बिना बाँच्न नसक्ने हुन्छन् । हुन सक्छ अस्थाइ रूपमा, हुन सक्छ गलत समयमा, हुन सक्छ धेरै ढिलो वा हुन सक्छ, सधँैका लागि उनीहरू प्रेममा पर्छन् पर्छन् ।
‘पापलाई घृणा गर, पापीलाई प्रेम गर’
— महात्मा गान्धी
प्रेम सफल बनाउने उपायहरु
सफल प्रेमले समस्याको समाधान पहिल्याउँछ, शान्ति र सन्तुष्टि दिन्छ भने असफल प्रेमले दुर्घटना निम्त्याउँछ जुन हामी सबैले देखेका, सुनेका र भोगेका  कुरा हुन्। प्रेममा द्विपक्षीय विश्वासको जग बलियो भयो भने अमृततुल्य हुन्छ तर बेमतलब र अविश्वासले कहिलेकाहीं त्यो विष पनि बन्छ।
‘जहाँ प्रेम छ त्यहा जीवन छ’ भन्ने महात्मा गान्धीको भनाइले पनि प्रेमको महत्त्वलाई उजागर गरेको छ। प्रेमको न कुनै सीमा हुन्छ न कुनै मूल्य र  मान्यता नै। प्रेमलाई जात, धर्म, परिवेश, उमेर केहीले प्रभाव पार्न सक्दैन। कसैको दबाब र हेल्चेक्य्राइँले गर्दा मात्र यी कारण प्रेमका बाधकझैं लाग्न  सक्छन्, तर ती वास्तविक बाधक भने होइनन्।
‘वैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हो’ भनेका छन् मार्टिन लुथरले। प्रेमले सफल जीवन जिउन मद्दत गर्छ भने यसले जीवनशैली परिवर्तन गर्न समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। नेपालीमा पनि एउटा भनाइ प्रचलित छ( प्रेममै सबै समस्याको समाधान छ ।
‘प्रेम गर्नुबाहेक प्रेमको कुनै उपचार छैन,’ हेनेरी डेभिड थोरोको यो भनाइले प्रेमको आवश्यकता र यसको महत्त्वलाई इंगित गर्छ। प्रेम जो(कसैसँग पनि  गर्न सकिन्छ तर यहाँ विपरीत लिङ्गीबीचको प्रेम सम्बन्धका बारेमा मात्रै चर्चा हुँदैछ। सञ्चार र प्रविधिमा आएको क्रान्तिसँगै प्रेम गर्ने शैली र प्रेमको  परिभाषाको भित्रि पाटोसमेत परिवर्तन भैसकेको छ। पश्चिमेली शैलीलाई पछ्याउँदै आजका जोडीहरू आफूलाई प्रेममय बनाइरहेका छन्।

प्रकाशित मिति: May 2, 2016

प्रतिक्रिया दिनुहोस्