Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साह्रै नै गाह्रो भो सरकार ! यो टहराको बास !!

काठमाडौं । गर्मी पनि कस्तो १ धपक्कै बल्ने । कस्तो चर्को घाम । तातिएको मौसम । जस्तापाताको होचो घर । 
खाँबाको सानो दलिनलाई आड लगाएर परालको चकटीमा टुसुक्क बस्छन्, गोरखा हर्मीका चूडाबहादुर ढकाल । 
शीरमा लगाएको ढाका टोपी खोलेर अनुहार र शरीरबाट खलखली निस्किएको पसिना पुछ्न् । घरभित्र जस्ता तातेर बस्नै सकिँदैन ।

बाहिर निस्केर चौतारामा जान त सकिन्छ । तर, उनी फुर्सद नै पाउँदैनन् । चौतारा पनि नजिकै छैन । बाहिर हे¥यो, टन्टलापुर घाम छ । कहाँ जाने ?

“गर्मीले हैरानै भइयो, यो जस्ता पनि कति तातेको हो, शरीरै भतभति पोल्ने,” कपीको एउटा बाहिरी गाताले हम्किँदै ढकाल भन्छन्, “कस्तो दिन देख्नु प¥या रु जाडोमा पनि शीत तपतप चुहिएर बस्नै गाह्रो भा’थ्यो, गर्मी ‘लाएसी’ नि यो टिनको जस्ता तातेर हपहपी पोल्छ । घर भत्केसी त बिजोगै भो नि बाबै ।”

भूकम्प गएको वर्ष दिन नाघिसक्यो । सरकारले बनाइदिएको नयाँ घरमा बस्न आतुर छन् ढकाल । जस्ताले बारेको सानो टहरा फेरिएको छैन । दिन काट्नै गाह्रो छ । तर, सरकारले बनाइदिने भनेको घरको अत्तोपत्तो नै छैन । “साह्रै नै गाह्रो भो यो टहराको बास त ।

कहिले हट्न पाइएला जस्तो भयो, कुखुरा नि यहीँ छन्, परेवा यहीँ, फोहोर गर्छन् । कति गाह्रो भर बाच्न प¥या छ, सरकारले कहिले बुझ्ने हो कुन्नि,” घोसे मुन्टो लगाउँदै ढकाल भन्छन् । घर बनाउने आर्थिक हैसियत भए पनि सरकारले पैसा नदेला भन्ने डरले उनले बनाउने आँट गर्न सकेका छैनन् ।

हर्मीकै दुर्गादेवी ढकाललाई पनि गाउँमा कोही नयाँ मान्छे आयो कि सरकारको प्रतिनिधि घर बनाइदिन आयो कि भन्ने लाग्छ । अब त सरकार अनुदान दिन आएको हो कि भन्ने सोचेर नयाँ मान्छेको बारेमा बुझ्न जान्छिन् । तर, ऊ कि बटुवा हुन्छ, कि कसैको घरको पाहुना हुन्छ । निराश भएर फेरि टहरामै फर्कन्छिन् ।

“गाउँमा नौलो मान्छे आयो कि घर बनाउने पैसा दिन आयो भन्ने लाग्छ, ग’र सोध्छु, कोही बुटुवा हुन्छन्, कोही अरुकै पाहुना हुन्छन्,” ढकाल विरक्तिएर भन्छिन्, “अब त बर्खा पनि लाग्न लागिसक्यो, नयाँ घर छिट्टै बनाइदिन्छौ भन्थे सरकारी मान्छे आर, खोइ त नयाँ घर रु”

उनीमात्रै होइन, पालुङटार नगरपालिकाका बाबुराम श्रेष्ठले पनि सरकारले नयाँ घर बनाइदेला भनेर सरकारको बाटो हरेको एक वर्ष नाघिसक्यो । सरकारले दिएको जस्तापाता बारेर टहरा बनाए उनले । टहराभित्र घाम त लाग्दैन तर तातेर बसिनसक्नु हुन्छ । पानी परेको बेलामा बाछिटा आएर बस्नै गाह्रो पार्छ ।

“पानी पर्दा बाछिटा आउँछ, भुइँभरि हिलै हुन्छ । घाम चर्किंदा गर्मीले बस्नै सकिन्नँ । अस्ति एक दिन ठूलो हावाहुरी चल्यो । टहरै उठाएर खुला आकाशको बास हुने हो कि भन्ने लाथ्यो, धन्न उठाएनछ,” श्रेष्ठले दुखेसो पोखे, “पोहोरको बर्खा नि निकै दुःखले कट्यो । यो वर्ष त नयाँ घरमा बस्न पाइएला भनेको, केही सुरसार त छैन ।”

गोरखा खरिबोट गाविसका कोषराज धिताल पेसाले शिक्षक हुन् । गाउँका थोरै शिक्षितमध्येमा पर्छन् उनी । ‘सरकारले हाम्रो घर कहिले बनाइदिन्छ होला मास्टरसाब रु’ भनेर छिमेकीहरू उनलाई प्रश्न गरिरहन्छन् । तर, उनलाई पनि के थाहा हुन्छ र सरकारले आफ्नो बाचा कहिले पूरा गर्ला भनेर । “मास्टरसाब, अब त हाम्रो घर बन्नुपर्ने हो नि, कहिले बन्ने भो त रु केही थाहा पाउनुभो रु भनेर मलाई प्रश्न गरिन्छ,” उनी भन्छन् । ‘नआत्तिनुस्, सरकारले घर बनाइदेला’ भनेर उनी स्थानीयलाई सम्झाउँछन् ।

सकारले ०७३ वैशाख १२ गतेभित्र पुनर्निर्माणको काम सुरु गर्ने आश्वासन दियो, तर पूरा गर्न सकेन । अब पुनर्निर्माणको काम छिट्टै थाल्छौं भनेर सरकार अझै पनि जनतालाई आशावादी बनाइरहेकै छ । तर, अहिलेसम्म अनुदानको रकम नै बाँड्न सुरु गरेको छैन ।

३ किस्तामा भूकम्पपीडितलाई अनुदान वितरण गर्ने बताउँदै आएको सरकारले पहिलो किस्ताको रकम समेत उपलब्ध गराउन सकेको छैन । कस्तो घर बनाउने भनेर अहिलेसम्म नक्सासमेत सार्वजनिक गर्न नसकेको सरकारलाई के थाहा छ र पालमुनिको बास कति कष्टपूर्ण छ भनेर ।

लामो समयसम्म राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनमै अल्झिएको सरकारले प्राधिकरण गठन भएको लामो समय बितिसक्दा पनि अहिलेसम्म केही गर्न सकेको छैन । यो सामाग्री कारोबारबाट साभार गरिएको छ ।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्